Loading... आजः शनिबार , श्रावण १२, २०८१

भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको बैठकलाई नेपालका परराष्ट्रमन्त्रीद्वारा सम्बोधन


नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभाका सिलसिलामा न्युयोर्कमा सम्पन्न भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको १९ औँ मन्त्रीस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा काठमाडौँबाट सम्बोधन गर्नु भएको छ। सम्बोधनका क्रममा उहाँले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरुले स्वास्थ्य र आर्थिक सङ्कटको दोहोरो समस्याबाट आफूलाई जोगाउन सङ्घर्ष गरिरहेका बताउनु भएको नेपाल समाज अनलाइनले लेखेको छ। उहाँले भूगोलको कठोरतामा जकडिएको भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको अर्थतन्त्रलाई मुक्ति दिलाएर रुपान्तरण गर्न कम्प्युटरका माध्यमबाट व्यापारिक कारोबार’डिजिटल’ प्रविधि महत्वमा जोड दिनुभयो।

मन्त्री ज्ञवालीले राष्ट्र सङ्घका महासचिवले भिएना कार्ययोजनाको द्रुत कार्यान्वयनका निम्ति अघि सार्नुभएको मार्गचित्रको स्वागत गर्दै भूपरिवेष्टित विकासोन्मुख राष्ट्र, तिनलाई पारवहन सुविधा उपलब्ध गराउने राष्ट्र, विकासका साझेदार, राष्ट्र सङ्घ र अन्य सरोकार पक्षबीच प्रभावकारी साझेदारी हुनुपर्ने बताउनुभयो।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा साकार पार्न नेपाललाई भूजडित राष्ट्रमा रुपान्तरण गर्ने दृष्टिकोणबारे बताउँदै उहाँले भूपरिवेष्टित विकासोन्मुख देशलाई अहिलेको सङ्कटबाट पार लगाउन र भविष्यमा सबल बनाउन पूर्वानुमानयोग्य एवं विश्वसनीय पारवहन व्यवस्था, सम्पर्क सञ्जालका भौतिक पूर्वाधारका साथै फलदायी क्षमता बढाउन आवश्यक सहयोग हुनुपर्ने बताउनुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!