Loading... आजः शनिबार , श्रावण १२, २०८१

भोलि बिहान ‘राष्ट्र गान गाऔं, ताली बजाऔं’: प्रम अाेली


फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहानै राष्ट्र गान गाउन र ताली बजाउन आह्वान गरेका छन्। ओलीले विश्वव्यापी महामारीको रुपमा फैलिएका कोरोना भाइरसको संक्रमण र रोकथाममा सक्रिय चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएका सबैको सम्मानमा यस्तो गर्न आह्वान गरेका हुन्।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रमलाई समर्थन गर्दै आम नागरिकलाई यस्तो आह्वान गरेका हुन्। कम्प्याक्टले नयाँ वर्ष २०७७ को पहिलो दिन घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको छ।

Insert your Ads code here

प्रधानमन्त्री ओलीले ग्लोबल कम्प्याक्टको अनुरोधलाई ट्वीट गर्दै यस्तो आग्रह गरेका हुन्। ‘राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔ !’, ओलीले ट्वीटमा भनेका छन्, ‘ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु।’ अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!