Loading... आजः शनिबार , श्रावण १२, २०८१

भोली आउँदै धोकेबाज हौ तिमीको चर्चित गायिका एलिना चौहान र पल शाह


 

बर्दिया राजापुर

भोली माघ ३ गते बर्दिया राजापुर महोत्सवमा नेपाली चलचित्र जगकै हस्ती नायक पल शाह र धोकेबाज हौ तिमी की चर्चित गायिका एलिना चौहान बर्दिया राजापुर महोत्सवमा बिशेष प्रस्तुती रहने भएको आयोजक बर्दिया उद्योग वाणिज्य सघले जनाएको छ ।
महोत्सवमा नायक पल शाह र गायिका एलिना चौहान आउने भएपछि दर्शकहरुको ओइरो लाग्ने अनुमान गरिएको आयोजक बर्दिया उद्योग वाणिज्य संघले जनाइएको छ ।

Insert your Ads code here


पौष २७ गते देखि माघ ९ गते सम्म राजापुर नगरपालिका वडा नं. ४ हुलाकी राजमार्ग दक्षिण क्षेत्रमा संचालन भइरहेको महोत्सवमा माघ ४ गते सहिमा श्रेष्ठ, अस्मिता पुरी सन्दिप न्यौपाने , माघ ५ गते धुर्मश सुन्तली, अनु चौधरी, माघ ६ प्रमोद खरेल, भावना चौधरी, कमल विसी, माघ ७ अन्जु कुश्मी, चक्र बम लगायत अन्य धेरै राष्ट्रिय कलाकारहरु महोत्सवमा आउने भएको छ ।
महोत्सवमा स्थानीय परिकारहरु तथा ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको गीत, नृत्य तथा हास्यव्यङ्ग प्रर्दशनी मुख्य आर्कषणको रुपमा रहेको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!