मंसिर ९ / बर्दिया राजापुर लैङ्गिक हिंसा बिरुद्ध अन्त्यको प्रतिबद्धता ः व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने मूल नाराको साथ भोली देखी सुरु हुने लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान का लागि आज राजापुरमा छलफल गरिएको छ ।
राजापुर नगरपालिका उप प्रमुख मनकला कुमारी चौधरीको अध्यक्षतामा बसेको बैठकमा उप प्रमुख चौधरीले कोभिड १९को कारण यस बर्ष वृहतरुपमा कार्यक्रम गर्न नसकिएपनि स्वास्थ्य माफदण्ड पालना गदै १६ दिन सम्म सन्देश मुलक कार्यक्रमहरु गरि मनाईने बताउनु भयो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्तराज अधिकारी, बिभिन्न वडाका वडा प्रतिनिधी, राजापुर नगरपालिकाका बिभिन्न शाखाका प्रमुख ,ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरिक्षक राधेश्याम सिंह सैथवार, संचारकर्मिहरु, लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।
यस बर्ष राजापुर नगरपालिकाका आयोजनामा राजापुर नगरपालिकाको १० वटै वडामा सन्देश मूलक कार्यक्रम गरिने भएको छ । यस कार्यक्रमलाई सफल बनाउन साझेदारी सस्थाहरु के.एम.जे.एस., सि.एस.डि.आर., बि गुरुप, बाके यूनेस्को कल्ब रहेका छन् भने मिडिया पार्टनरमा साथी एफ.एम, कोठियाघाट अनलाई रहेका छन् ।