Loading... आजः सोमबार , बैशाख ८, २०८२

भौतिक पुर्वाधार स्वास्थ्य शिक्षा र आर्थिक बिकास क्षेत्रलाई समेट्दै बारबर्दियाको निती तथा कार्यक्रम प्रस्तुत


बारबर्दिया/बर्दिया

बारबर्दिया नगरपालिका बर्दियाको नवौ नगर सभा मंगलबार बाट सुरु भएको छ ।
कृषि उद्योग र पर्यटनमा वृद्धि बारबर्दिया नगरको समृद्धि नाराको साथ बारबर्दियाले २०७८/७९को लागि कृषि, पर्यटन,रोजगार, सडक स्वास्थ्य र शिक्षामा प्राथमिकता दिएको छ ।

Insert your Ads code here

बारबर्दिया नगरपालिका प्रमुख दुर्गा बहादुर थारुले निती तथा कार्यक्रम प्रस्तुत गदै २०७८/७९को लागि सामाजिक आर्थिक सास्कृतिक तथा भाषिक विकिधतालाई आत्मसाथ गदै भौतिक पुर्वाधार स्वास्थ्य शिक्षा र आर्थिक बिकास क्षेत्रलाई समेट्ने प्रयास गरेको बताउनु भयो ।
निती तथा कार्यक्रममा भर्खरै संचालनमा ल्याएको आर.सी. थारु मेमोरियल नगरअस्पतालमा आकस्मिक सेवा पुर्ण निःशुल्क गर्ने र अस्पतालको सेवाहरु सर्वसुलभ गर्ने नीति रहेको छ । सिकलसेल परिक्षण सहितको नेपालका पालिका मध्ये सबैभन्दा पहिले स्वास्थ्य ऐन पास गरेर सिलसेल उपचार अस्पतालको रुपमा सञ्चालन हुने भएको छ । आगामी आर्थिक बर्ष देखि विपन्न गरिब उपचार सेवा अन्तरगतको एक लाख रुपैयाँ बराबरको सिलसेल रोगीहरु उपचार गर्ने अस्पतालको रुपमा सञ्चालन हुने भएको छ । बारबर्दियाका नगर अस्पताल तथा स्वास्थ्य चौकीहरुमा नेपाल सरकारले निःशुल्क तोकीएका सबै औषधीहरु बाह्रै महिना पर्याप्तताको सुश्चितता गर्ने भएको छ ।

        कृषि तर्फ जोनसुपर जोन पकेट तथा बिशेष क्षेत्रको विस्ता र कार्यान्वयन गरिने, धोवियागाँउलाई स्मार्ट कृषि कार्यक्रमलाई थप प्रभावकारी बननाउ आवश्यक बजेट व्यव्सथापन गरिने मसिना धान उत्पादनकृषकहरुको प्रवद्धर्न गर्न मसिना धान प्रशोधन ब्राण्डिङ्ग र बजारीकरण गरिने, कृषि बिमालाई प्रोत्सहित गरिने, उत्पादनलाई मध्यननगर गरि सुद्ध मासुका लागि बधस्थल निर्माण गरि सुद्ध मासु पसलहरु संचालन गर्न प्रोत्साहन गर्ने, दुध उत्पादन तथा गोठ सुधारका कार्यक्रमहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गरीने भएको छ।

               शिक्षा क्षेत्रमा पुर्णरुपमा निःशुल्क गर्ने, सहिद बिष्णु धनि स्मृति बहुप्राविधिक शिक्षालयमा चाटर एकाउन्ट सिए को बिषय पढाउने, स्मार्ट बालविका केन्द्र बनाउने, विद्यार्थीहरुको सिकाई प्रभाबकारी बनाउनका लागि शैक्षिक मेला प्रर्दशनी जस्ता कार्यक्रमहरु गर्ने, कृषिलाई आधुनिकीकरण गर्दै स्मार्ट कृषि गाँउहरु बनाउने र प्रबिधिमैत्री तथा मसिना धान प्रशोधन केन्द्र सञ्चालन गरि बारबर्दियामा मसिना चामलको ब्रान्ड बनाउने नीति लिएको छ ।
युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिने, सुकुम्बसी तथा बस्ती ब्यबस्थापनमा जोड दिने, सार्वजनिक जग्गाको खोजी गरी वडाको संरक्षणमा रहने ब्यबस्था मिलाउने जस्ता लोकप्रीय कार्यक्रमहरु रहेको छ । बरघर ऐनलाई कार्यान्वयनमा ल्याउने, सोडीनीहरुलाई ब्यबस्थित गर्ने रहेको छ । मेलमिलाप सेवालाई अझ प्रभावकारी बनाउने रहेको छ । भने विगत बर्ष देखि संञ्चालनमा रहेका कार्यक्रमहरुलाई निरन्तता दिने नीति तथा कार्यक्रममा समेतिएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!