Loading... आजः शनिबार , श्रावण १२, २०८१

भ्रम र उत्तेजनापूर्ण सामग्री सम्प्रेषण नगर्न आग्रह


तस्बिर:किशोर श्रेष्ठ, श्रेष्ठको फेसबुक पेजबाट साभार गरिएको।

सामाजिक सञ्जालमा काेराेना भाइरस अर्थात काेभिद१९ का विषयलाई लिएर ब्यापक भ्रम र त्रास सिर्जना गर्ने झुठो र अापत्तिजनक सामाग्री सार्वजनिक हुन थालेपछि नेपाल प्रेस काउन्सिलका काबा अध्यक्ष किशोर श्रेष्ठले कोही कसैले सामाजिक सन्जाललगायत कुनै पनि सञ्चार माध्यममार्फत भ्रम र उत्तेजनापूर्ण सामग्री सम्प्रेषण नगर्नुहुन विनम्र आग्रह गर्नुभएको छ।

किशोर श्रेष्ठले अाफ्नाे फेसबुक पेजमा लेख्नुभएको छ:
“परिस्थिति भिन्न छ र मिडियाको जिम्मेवारी अझ बढेको छ,यसवीच कोही कसैले सामाजिक सन्जाललगायत कुनै पनि सञ्चार माध्यममार्फत भ्रम र उत्तेजनापूर्ण सामग्री सम्प्रेषण नगर्नुहुन विनम्र आग्रह गरिन्छ! कहिँ कतैबाट यस्तो हुन गएको पाइएमा प्रेस काउन्सिलका अधिकृतद्वय दिपक खनाल (9841485529) र रामशरण बोहरा (9851111272) लाई बिना कुनै बिलम्ब यथार्थ विवरण टिपाइदिनु हुन हार्दिक अनुरोध छ! आजको बोर्ड बैठकबाट तत्काल परिणाम दिने ब्यवस्था मिलाइएको छ! जिम्मेवार पत्रकारिता तपाईं-हाम्रो हातमा,दु:खको बेला काउन्सिल सधैं जनताको साथमा!”

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!