Loading... आजः शनिबार , श्रावण १२, २०८१

भ्रष्टाचार अभियाेगमा दुई जर्नेल र कर्णेल नियन्त्रणमा


भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिअन्तर्गत अन्ततः नेपाली सेनाले आफ्ना एक जना जर्नेललाई नियन्त्रणमा लिएको छ।

अस्ति बिहिवार,जेठ ८ गतेदेखि उनलाई केन्द्रीय कारागार,सुन्धारा छेउ अवस्थित रास्टृय सेवा दलको कल्याणकारी अफिसर्स गेस्ट हाउसमा लाइन अरेस्ट गरेर राखिएको हो। नाम हो प्रयोगजङ्ग राणा, सैनिक कल्याणकारी निर्देशनालयका हाकिम। सम्भवत:दक्षिण एसियाकै सबभन्दा अग्ला, साढे छ फिट उचाइ। उनीसङ्गै महासेनानी नवीन सिल्वाललाई पनि सैनिक हिरासतमा राखिएको छ।

दुई बर्षअगाडि वीरेन्द्र शान्ति तालिम केन्द्र, काभ्रेको पाँचखालमा हाकिम रहँदा ‘प्राइभेट फण्डको रकम सदुपयोग गर्न नसकेको’ अभियोगअन्तर्गत यी दुई जनामाथि छानबिन चलिरहेको छ, यसक्रममा २५ ‘दिनदेखि त्यहाँका सुवेदार मेजर थुनामा छन् भने त्यतिबेला उक्त तालिम केन्द्रसङ्ग जोडिएका १२ जना अफिसरले समेत वयान दिइसकेका छन्।

Insert your Ads code here

पूर्वसेनापति धर्मपालबरसिंह थापाको सालीकी छोरी र अर्का सेनापति सिंहप्रताप शाहकी नातिनी बिहे गरेको नाताले सधैं राम्रो अवसर पाउने अफिसरका रूपमा चिनिन्छन्।

सोही आधारमा प्रमाण नस्ट गर्न नपाउन् भन्ने ध्येयले यी दुई जर्नेल र कर्णेललाई नियन्त्रणमा लिइएको श्रोतको दावी छ। प्रयोग पूर्व सेनापति धर्मपालबरसिंह थापाको सालीकी छोरी र अर्का सेनापति सिंहप्रताप शाहकी नातिनी बिहे गरेको नाताले सधैं राम्रो अवसर पाउने अफिसरका रूपमा चिनिन्छन्।

शान्ति सेना र सैनिक प्रहरीको गण कमाण्ड, हिजैमात्र जागिरबाट बर्खास्ती र जेलचलानको सजायँ पाएका कर्णेल भूपालमान अधिकारीले भ्रष्टाचारबाट करोडौं कमाएको भक्तपुरस्थित सैनिक बिध्यालय, सैनिक अस्पताल छाउनीलगायतमा यिनले मुख्य जिम्मेवारी सम्हालिसकेका छन्। यो काण्डमा नसमातिएको भए एक बर्षभित्र दुई तारेको फुली लगाउन पाउने थिए।

यो समाचार जनअास्था साप्ताहिक अनलाइनबाट लिइएको हो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!