Loading... आजः शनिबार , श्रावण १२, २०८१

भ्रष्टाचार नै गरेको रहेछ भने त्यस्तालाई झुन्ड्याउनुपर्छ: वरिष्ट नेता झलनाथ खनाल


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ट नेता झलनाथ खनालले सीमानामा अलपत्र परेका नेपालीलाई अविलम्ब ब्यवस्थापन गर्न अाफुले परराष्ट्रमन्त्रीसँग कुरा गरेको बताउनुभएको छ। यसैगरी यस्तो कठिन परिस्थितिमा चिकित्सा सामग्री खरिद प्रकरणमा भ्रष्टाचार गरेको ठहरिए म त भन्छु त्यस्तालाई झुड्याउनुपर्छ।

डाँफेटिभी डटकमका सम्पादक ध्रुव गिरीसँग अाफ्नै निवासमा कुरागर्दै खनालले लकडाउनमा घरभित्रै बसेकाले आफूले राम्रोसँग नबुझेकोले यसबारे थप टिप्पणी गर्न सक्ने अवस्था नरहेको बताउनुभएको छ। लकडाउनले गर्दा घरमै छु। बाहिर निस्कने अवस्था छैन। पार्टी कमिटीको बैठक बस्ने अवस्था छैन। अनियमितता भएको छ भन्ने समाचार सार्वजनिक भइरहेका छन्। जनतामा सरकारका कामका बारेमा राम्रो सन्देश गइरहेको छैन। जनतामा सरकारकाे विश्वास घट्दै गइरहेको देखिएको छ। यसबारेमा सचिवालयका सदस्यहरुले कुराकानी गरेर प्रधानमन्त्रीलाई जानकारी गराउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वालुवाटार पठाइएको छ। चिकित्सा सामग्री खरिदमा अनियमितता भएको रहेछ भने हदैसम्मको कारबाही गर्छौं। भ्रष्टाचार नै गरेको रहेछ भने त्यस्तालाई झुन्ड्याउनुपर्छ। गलत काम गर्नेलाई छाेड्नु हुँदैन।

Insert your Ads code here

चीनकाे उहानबाट शुरु भएको काेराेना महामारीकाे रुपमा विश्वभरि फैलिएको छ। अहिलेसम्म अाठलाख भन्दा बढीमा यसको संक्रमण देखिएकाे छ। चीनले काेराेनामाथि विजय हासिल गरेको छ। चीनको अनुभव र सहयोग लिएर हामीले पनि काेराेना नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ। काेराेना विश्वकाे साझा शत्रु हो। यो साझा शत्रुका विरुद्ध हामी सबै एकजुट भएर लड्नुपर्छ। अादरणीय दाजुभाइ दिदीबहिनी हामी अाफ्नाे स्वास्थ्य सुरक्षित राखाैं र अरुको स्वास्थ्य पनि सुरक्षित राखाैं। दृढतापूर्वक सचेत भएर अगाडि बढाैं। उहाँले अाफु र अाफ्नाे परिवारको स्वास्थ्यकाे ख्याल गर्न र सन्तुलित भाेजन गर्न पनि अाग्रह गर्नुभएको छ।

चीनले काेराेनामाथि विजय पाइसकेकाेे छ। चीनको तिब्बतमा काेराेनाकाे संक्रमण देखिएको छैन। हामीलाई उत्तरतिरबाट खतरा छैन। हामीलाई दक्षिणतर्फबाट खतरा देखिएको छ। ठूलो मात्रामा भारतीय प्रवासीहरु अहिले नेपाल फर्किएर अाइरहृका छन्। नेपाल सुरक्षित छ भनेर यतिबेला ठुलो संख्यामा नेपाल अाइरहेका छन्। ईण्डियामा लामाे समय लकडाउन भएको र त्यहाँ काम विहीन अवस्थामा बस्नुपरेकाले पनि उनीहरू नेपाल अाईरहेेेेका छन्। उनीहरूलाई कसरी सुरक्षित गर्ने, उनीहरूलाई कसरी ल्याउने र बाेर्डरमा कसरी चेकजाँच गर्ने चुनाैती छ। नेपालसँग अावश्यक उपकरण र प्रविधि छैन। अहिले चीनबाट ल्याइएका केही चेकजाँच गर्ने उपकरणहरु देशका ३/४ ठाउँमा पठाइएको छ। जनताबाट धेरै गुनासा र सुझावहरु अाइरहेका छन्। बुढाबुढी अशक्त र सुत्केरीको समस्याको कुराहरू पनि अाइरहेका छन्। यी सबै चुनाैतीलाई कसरी समाधान गर्ने भन्ने बारेमा सरकारले पनि काम गरिरहेकाे छ। पार्टीले पनि यसबारेमा गम्भीर भएर हेरिरहेको छ र सरकारलाई जानकारी गराएको छ। म अाफुले पनि सीमानामा अलपत्र परेका नेपालीलाई अविलम्ब ब्यवस्थापन गर्न परराष्ट्रमन्त्रीसँग कुरा गरेको छु। उहाँले सम्बन्धित पक्षसँग कुरा गरेर समाधान गर्ने वचन दिनुभएको छ। मलाई विश्वास छ अहिलेसम्म यो समस्या समाधान भइसकेको हुनुपर्छ, वरिष्ट नेता खनालले बताउनुभएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!