Loading... आजः मंगलबार , भाद्र २५, २०८१

मंगरे गोडीयाको उम्मेदवारी घोषणा


देब कमल पौडेल , बर्दिया
पूर्व झापा देखी पश्चिम महाकालिसम्मको माटो यात्रामा निस्किएका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके रावात २०७८ फागुन १३ गते गुलरिया आईपुगे उनको स्वागतका लागि उनका पार्टीका कार्यक्रताले गुलरिया बसपार्क स्थित आप बगैचामा मञ्च ब्यवस्थापन गरी स्वागत कार्यक्रम गरे । नेपाली कांग्रेस ,एमाले र माओवादी बाहेक अन्य पार्टीको भन्दा राम्रो जनमास जुटाएको थियो जनमत पार्टीले ।सोही कार्यक्रममा आगामी स्थानीय निर्वाचनमा जनमत पार्टीबाट गुलरिया नगरपालिकाको १२ वटै वडाबाट संभावित वडा अध्यक्ष उम्मेदवारहरुको नाम सार्बजनिक गर्नुको साथै गुलरिया नगरपालिकाको नगरप्रमुखको पदमा उम्मेदवारको रुपमा मंगरे गोडीयाको नाम घोषणा गरेर डा. सिके रावत र उनको पार्टीले आगामी स्थानिय निवार्चमा जातिय समीकरण सहित गुलरिया नगर भित्रको पिछडा वर्गको भोट आफुतिर तान्नका लागि अन्य पार्टी माथि मंगरे गोडीया नामक अस्त्र प्रयोग गरेको छ ।यो अस्त्रले जनमत पार्टीलाई कतिको फाईदा हुनेछ भन्ने कुरा आउने स्थानीय निर्वाचनले देखाउने नै छ ।
गुलरिया नगरपालिकामा मुस्लिम समुदायको पनि राम्रो उपस्थिति छ र जनमत पार्टीका संस्थापक राष्ट्रिय उपाध्यक्ष्य अब्दुल खाँन पनि गुलरिया नगरपालिकाका बासिन्दा हुन ।आफनो संस्थापक राष्ट्रिय उपाध्यक्ष्य भन्दा राजसंस्थाका हिमाईति नेपालमा हिन्दु राज्य स्थापनाका लागि लामो संघर्ष गरेका मगरे गोडीया माथि गुलरिया नगरप्रमुख पदका लागि डा. सिके रावत र उनको पार्टीले किन विश्वास गर्यो ?यो प्रश्न धेरंै जनमानसको मनमा उब्जिएको छ ।
२०२७ सालमा तत्कालीन गुलरिया गाँउ पञ्चायत वडा न. ८ (हाल गुनपा ४) बेलौलीमा इतवारी गोडीयाको घरमा ७ दाजुभाई मध्ये जेठो संन्तानको रुपमा जन्मेका मंगरे गोडीयाको राजनीतिक २०४७ सालमा तत्कालिन पञ्चहरुले २०४६ सालको राजनीतिक परिर्वतन पछी गठन गरेको राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका हुन ।३१ वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय राजनीतिक गरेता पनि त्यस पार्टीका मधेशी नेताहरु स्व. राजेन्द्र श्रीवास्तव र नसिरुद्धीन शेषको छाँयाले गर्दा त्यस पार्टीमा रहेर पनि लामो समयसम्म उनले कुनै पनि पदमा प्रत्यक्ष्य निर्वाचनमा उम्मेदावारी दिने अवसर पाएका थिएन्न तर २०७४ सालको निर्वाचनमा लुम्बिनी प्रदेश सभाको सदस्यको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारीको अवसर पाएका थिए तर उनको दुभाग्र्य त्यो निवार्चनमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी गठबन्धनको कारणले त्यो उम्मेदवारी उनले फिर्ता लिन पर्यो ।उम्मेदवारी फिर्ता लिए पनि उनले २ हजार २ सय ६५ मत पाएका थिए ।त्यही मतले मंगरे गोडीयालाई आगामी स्थानीय निवार्चनमा उम्मेदवारीको लागि हौंसाही रहेको थियो र उनी एउटा यस्तो राजनीतिक दलको खोजिमा थिए जुन दलमा उनको जातिको बाहुल्यता होस र उनी निर्बिकल्प गुलरिया नगरपालिकाको नगरप्रमुख पदको उम्मेदवार हुन सकुन ।मंगरे यस्तो राजनीतिक दलको खोजीमा थिए भने उता जनमत पाटीका राष्ट्रिय उपाध्यक्ष्य अब्दुल खाँन र डा. सिके रावत पनि मंगरे गोडीया जस्तै लामो समयसम्म राजनीतिक गरेको जातिय बाहुल्यता भएको गुलरिया नगरपालिकाको आगामी स्थानीय निर्वाचनमा नगरप्रमुखको पदमा उम्मेदवार हुन सक्ने ब्यक्तीको खोजिमा थिए । सबैको सपना पुरा गरी दिए मंगरे गोडीयालाई जनमत पार्टीमा भित्राएर जनमत पार्टीका जिल्ला अध्यक्ष सोहराब पठानले ।
गुलरिया त्रिकोणात्मक समाज भएको नगरपालिका हो ।यहाँ पाहाडी ,थारु र मधेशी समुदायको बसोबास छ ।पहाडी र थारु समुदायमा राज्यको सेवा र सुविधाबाट बन्चीत भएका पिछडा समुदायको संख्या झण्डै न्युन छ भने मधेशी समुदायमा आज पनि गोडीया ,मल्लाहा , खैराह, काहर ,चाई ,लोनीया ,रैदास ,तेली पासि र लोध लगायतका जातिहरु राज्यको सेवा र सुबिधाबाट बन्चीत छन ।यो कुरा डा. सिके रावत र उनको पार्टीले राम्ररी बुझेको छ । जातिय नाराबाट २०६५ साल देखी हालसम्म कोटही उच्च माविको विद्यालय ब्यवस्थापन समितीको अध्यक्ष पदमा आसिन मंगरे गोडीयाले पनि राम्ररी बुझेका छन राजनीतिमा जातिय समिकरण कत्तिको फाईदा जनक हुन्छ भन्ने कुरा । त्यसैले अहिले उनले गुलरिया नगर भित्र ६ हजार भोटर संख्या भएको पिछडा जाति गोडीया समुदायको नेतृत्व गदै अन्य पिछडा जातिहरुको समिकरणको माध्यमबाट आगामी स्थानिय निर्वाचनमा गुलरिया नगरपालिकाको नगरप्रमुख पद जित्न सक्ने संभावना देखेकाले पार्टीले गरेको उम्मेदवारी घोषणालाई सर्हष स्र्वीकार गरेका छन ।
माथि उल्लेखित पिछडा जातिहरु गुलरिया नगरपालिकामा नेपाली कांग्रेसको पकेट भोटर मानिन्छन ।मंगरे गोडीयाको उम्मेदवारीले सबै भन्दा धेरै नोक्सान नेपाली कांग्रेसलाई हुने देखिन्छ भने एमाले माओवादीले पनि नोक्सानी ब्यहोर्ने छन ।डा. सिके रावतको विखण्डन नितिबाट स्थापना भएको जनमत पार्टीमा मंगरे गोडीयाले सोचे जस्तो तरीकाले भोट आउने र उनी निवार्चनमा सफल हुने संभावना कम छ तर निर्वाचनमा जे पनि हुन सक्ने हुँदा अहिले नै सबै कुराको आकलन गर्नु ठिक हुने छैन ।विगत २ वर्ष देखि हालसम्म जनमत पार्टीको संगठन विस्तार हेर्ने हो भने गुलरियामा पार्टी संगठन विस्तार रफतारका साथ चलेको देखिन्छ । २०७८ असोजको अन्तिम सातामा आएको बेमौसमी वर्षातबाट ठुलो क्षति ब्यर्होरेका किसानहरुलाई पार्टीले किसान आन्दोलनका नाममा आफुतिर तान्न सफल भएको देखिन्छ ।
गुलरिया नगरपालिका भित्र वडा स्तरमा जनमत पार्टीको संगठन हेर्ने हो भने वडा न. ३ ,८,१० र ११ मा यो पार्टीको राम्रो संगठन देखिन्छ ।२०७४ सालको निर्वाचनमा वडा न ३ र १० मा नेपाली कांग्रेसका उम्म्ोदवार विजय भएका थिए भने वडा न. ८ र ११ मा माओवादीका उम्मेदवार विजय भएका थिए । १२ वटा वडा भएको गुलरिया नगरपालिका भित्र ४ वटा वडामा राम्रो संगठन हुदैमा कुनै पनि पार्टिले नगरप्रमुखको पदमा विजय हासिल गर्छु भन्नु हांस्यास्पद मात्र हुनेछ तर जनमत पार्टीबाट मंगरे गोडिया गुलरिया नगरपालिकाको उम्मेदवार हुनु हांस्यास्पद नभएर ठुला पार्टीका लागि एउटा चुनौती हुने छ ।।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!