Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

मंगलबार बिहान ६बजेदेखि “लक डाउन”


कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भोलि मंगलबार बिहान ६ बजेदेखि ‘लक डाउन’ गरिने भएको छ।

नोबेल कोरोना भाइरस नियन्त्रण गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिको सोमबार साँझ बसेको बैठकले पूर्ण रुपमा लक डाउन गर्ने निर्णय गरेको हो।

समितिको निर्णय अनुसार हवाइ, यातायात लगायत सबै क्षेत्र बन्द गर्नुपर्ने छ। स्वास्थ्य क्षेत्र र सुरक्षा निकाय भने खुला रहने बताइएको छ। नेपालमा हालसम्म दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एकजना चिनियाँ नागरिक हुन् भने एक नेपाली हुन्। सोमबार दिउँसो मात्रै फ्रान्सबाट कतार हुँदै कतार एयरवेजकाे उडान नम्बर QR652 बाट नेपाल फर्किएकी १९ बर्षीय एक युवतीमा संक्रमण भेटिएको पुष्टि भएको हो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!