Loading... आजः आइतबार , जेठ ५, २०८२

मंत्री भट्टद्वारा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अनुगमन


मंसिर ६, बर्दिया राजापुर।
उद्योग बाणिज्य तथा आपुर्ति मंत्री लेखराज भट्टले बर्दियाको राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आज शनिवार अनुगमन गर्नुभएको छ ।

मन्त्री भट्टले पिठो र चिउरा उद्योगका लागी ठाँउको अनुसन्धान गर्न कैलाली बर्दियाको राजापुरमा पुगेको बताउनु भयो ।
अनुगमनका क्रममा मंत्री भट्टले राजापुरमा रहेको आधुनिक चामल कारखानामा बिग्रेको अवस्थामा रहेको ड्रायर मेसीन पुन्हः संचालन स्ट्रिम चामल संगसंगै चिउरा मिल पनि राख्ने राख्ने तर्फ छलफल भएको भन्दै ३ वटै तह वाट ३ लाख मेट्रिक टन खाद्यान्न मौजुदा अवस्थामा राखिने बताउनु भयो । मन्त्री भट्टले खाध्न उत्पादनका लागि किसानलाई परीरहेको मल समस्या समाधान गर्न मल कारखाना स्थापनाको लागि अध्ययन भइरहेको बताउदै यस बर्षका लागि रसायनिक मलको अभावलाई कम गर्न मल आपुर्तिकालागी बंगलादेश सँग सम्झौता भइसकेको र यथाशक्य मल उपलव्ध गराउने आश्वासन दिनुभयो ।

अनुगमनमा लुम्विनी प्रदेशका प्रदेश सभा सदस्य दिपेश थारुले मन्त्री भट्टको ध्यानाक्रषर्ण गराउदै मिलको स्तरउन्नती गराउन जोड् दिनु पर्ने, मैदा मिलको लागि छुट्टाएको जग्गामा मैदा मिल स्थापना गर्न साथै राजापुर र गेरुवाका किसानको लागि ३सय टन मल आवश्यकता पर्ने भएकोले त्यसको तत्काल व्यवस्थापन गर्न जोड् दिनु भएको थियो । राजापुर नगरपालीकाका प्रमुख शिव प्रसाद चौधरी यस बर्ष समयै धान खरीद भएकोमा किसानले राहत पाएपनि कोटा कम भएकोले थप कोटा मिलाउन र आगामी बर्षका लागि पनि समयमै मूल्य निधारण गरीनु पर्ने बताए ।


अनुगमनमा सबिधान सभा सदस्य रुपा चौधरी टिकापुर नगरपालिका प्रमुख तपेन्द्र बहादुर रावल, राजापुर नगरपालिका उपप्रमुख मनकला चौधरी वडा नं ५ का अध्यक्ष रामवहादुर चौधरी लगायत कैलालीका सहभागी थिए ।

मंत्री भट्टलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख धर्मराज भट्टले यहाँका समस्याबारे टिर्पोट समेत गराउनु भएको थियो । मंत्री भट्ट आजै कैलाली फर्किनु भएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!