मंसिर १६ बर्दिया राजापुर राजापुर नगरपालिकाले मंसिरको तेस्रो साता देखी बिद्यालय संचालनमा ल्याउने तयारी गरेको छ । राजापुर नगरपालिकाको कार्यालयमा नगर प्रमुख शिब प्रसाद चौधरीको अध्यक्षतामा आज बसेको सर्वदलिय, सर्वपक्षिय बैठकमा सो निर्णय गरिएको छ । बैठकमा कोरोना भाइरस ( कोभिड १९)का कारण पठन पाठन बन्द अवस्थामा रहेकाले विद्यालय संचालनका लागि छलफल गर्दा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले जारी गरेको विद्यालय संचालन सम्बन्धी कार्यठाँचा २०७७ बमोजिम जन स्वास्थ्य मापदण्ड अवलम्बन गरी भौतिक रुपमा विद्यालय संचालन गर्न आवश्यक देखिएको छलफलमा निर्णय गरिएको छ ।
Insert your Ads code here
नगर प्रमुख शिब प्रसाद चौधरीले बिद्यालय संचालन गर्न सुझाव आएकोले त्यसका तयारी भइरहेको बताउदै यसै मसिरको अन्तिम साता देखी बिद्यालय संचालन गर्न तयारी गरिरहेको बताउनु भयो । बैठकमा मा सुझाव दिदै राजापुर नगरपालिका उप प्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत बसन्तराज अधिकारी, वडा नंका अध्यक्ष खुसीराम चौधरी, वडा नं२ का अध्यक्ष धरनीधर थारु,वडा नं ४ का अध्यक्ष रमन कुमार रेग्मी, वडा नं ७का अध्यक्ष मथुरा प्रसाद चौधरी, वडा नं९का अध्यक्ष विष्णु प्रसाद थारु, वडा नं १०का अध्यक्ष दया शंकर चौधरी, वडा नं३का सदस्य राम प्रसाद चौधरी, कार्यपालिका सदस्य विमला थारु, नेकपाका प्रतिनिधी शिब मणी शर्मा, रा.प्रपाका प्रतिनिधी राममणी उपाध्याय अमरशहिद श्री दशरथ चन्द मा.विका प्रअ. सरोज कुमार झा, नेपाल शिक्षक महासंघका नगरअध्यक्ष राज कुमार रेग्मी, शिक्षा शाखा प्रमुख दल बहादुर चौधरी, प्रशासन शाखा प्रमुख खड्क बहादुर ओली लगायतको बैठकमा सहभागिता रहेको थियो ।