Loading... आजः शनिबार , श्रावण १२, २०८१

मङपु अस्पताललाई चाँजै मर्मत गरिदिने जीटीए अध्यक्ष अनित थापाको आश्वासन


मङपु,१०जुलाई। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन (जीटीए) अध्यक्ष अनि गोजामुमो पार्टीका महासचिव अनित थापाले आज मङपु लाब्दा समष्टिको परिभ्रमण गर्दै मङपुबजारमा अवस्थित गोजमुमो पार्टी कार्यालयको उद्घाटन गरे। उनले आज मङपु सिन्कोना बगानमा अवस्थित सरकारी अस्पतालको भ्रमण गरे।
अस्पतालको अवस्था देखेर दु:ख प्रकट गरे।जीटीए अध्यक्ष थापाले चाँडो भन्दा चाडो यस अस्पतालको मर्मत गरिदिने वचन दिए।मङपु अस्पतालमा बर्खा झरीमा पुर्णरुपले पानी चुहिरहेको छ भने नर्स बस्ने कोठामासम्म छानाबाट पानी चुहेको छ। आज पहिलोपल्ट मङ्पु अस्पतालमा भ्रमण गरेको बताउदै जीटीएबाट चाडैँ अस्पताल मरम्मत गरेर बनाइदिने जनाए/जीटीए अध्यक्ष अनित थापा मङपु लाब्दा समष्टिमा अझ केही दिनबस्ने पार्टी सुत्रबाट थाहा लागेको छ भने उनले समष्टिको विभिन्न क्षेत्रमा भ्रमण गर्ने कुरा जनाएको छ।

हालमा गोजामुमो मङपु लाब्दा समष्टिमा पार्टी भित्र दुईगुट देखिन थालेको अनि समष्टि कमिटि र वार्कीङ कमिटी विषय जनमानसमा अन्योलता छाएको बिषयमा पत्रकारहरुले प्रश्न गर्दा जीटीए अध्यक्ष अनित थापाले पार्टी समष्टि कमिटी एउटा मात्र रहेको छ जसको सभापति एड्वार्ड लेप्चा अनि सचिव गगन राई रहेको अनि वार्कीङ समिति पनि छ जसको सभापति अनिल छेत्री रहेको उनले जानकारी गराउदै एउटा घर भित्रको परिवारमा कोहीबेला सानो झमेला हुन्छ भने पार्टीमा कोही बेला यस्तो हुन्छ भन्दै मङपुमा एउटा मात्र समष्टि समिति रहेको जनाए। बाहिरबाट हाम्रो गाउँ मङपु आएका मानिसहरु मङपुका सचेत नागारिक ;समाज;आशा कर्मी;आइसीडडीएस कर्मी अनि पत्रकार अनि पार्टीका कार्यकर्ताहरुको कारण नै मङपुमा आजसम्म एकजना पनि कोरोना नभएको बताउदै कोरोनासंग लड्न आगामी दिनमा पनि सबै यसरी नै सचेत भएर एक सुत्रमा काम गर्ने सल्लाह दिदै सबैलाई आभार व्यक्त गरे। आज जीटीए अध्यक्ष मङपु भ्रमण अवधि उनको साथमा पार्टीका शीर्ष नेतृत्ववर्ग उपस्थित थिए। (केशर मोक्तान)

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!