Loading... आजः मंगलबार , भाद्र २५, २०८१

मङपु सिकसिनमा भेटियो दुर्लभ हिमालयन सेरमेन्डर


मङ्पु, 21 सितम्बर। प्राय बिलुप्त हुँदै गइरहेको उभयचर प्राणी प्राणी हिमालयन सेरमेण्डर मङपुको सिकसिन (फरेस्ट बस्ती) मा भेटिएको छ। पहिले पहाडी भेकको सिटोङ शेल्पुको नामथिङ पोखरीमा अनि सुकेपोखरीको जोरपोखरी क्षेत्रमा मात्र भेटिने दुर्लभ हिमालयन सेरेमेन्डर मङपु सिकसिन बस्तीमा पनि भेटिए पछि यसलाई सरक्षण अनि सम्बर्धनको माग गर्दै स्थानीयबासी अघि आएका छन्। मङपुदेखि ६ किलोमिटर माथि अवस्थित यस सिकसिन (रेसेप फरेस्ट बस्ती) सिन्चेल वन्य प्राणी उद्यान भित्र पर्ने हुनले सम्बन्धित विभागले यसलाई संरक्षण नगरे दुर्लभ प्रजातीको यो प्राणी बिलुप्त भएर जाने स्थानीयबासीको भनाई रहेको छ। संसारमा बिलुप्त भइसकेको डाइनोसरको प्रजातिकै रूपमा नै चिन्हित गरिएको यो उभयचर प्राणी हिमालयन सेलेमेन्डर रहेको सोधकर्ताहरुले बताइसकेका छ्न् भने यसलाई चाँडै नै संरक्षण सरकारले गरिदिनु पर्ने स्थानीय जनताले माग गरेका छ्न।

द हिमालयन सैलेमेंडर एक अद्वितीय अनि पुच्छर भएको दुर्लभ उभयचर हो। जसलाई भारतीय वन्यजीव (संरक्षण) अधिनियम, 1972 को अनुसूची दुइ अन्तर्गत संरक्षित गरिएको थियो। यो दार्जीलिङको पहाडी क्षेत्रमा मात्र पाइने विशेषता भएको उभयचर हो। जसको लम्बाई 15 देखि 20 सेन्टिमिटर हुने गर्दछ। अहिलेसम्म जोरपोखरी र शेल्पु नामथिङ पोखरीमा मात्र पाइने भनिएको यो दूर्लभ प्रजातिको उभयचरको संरक्षणको निम्ति सम्बन्धिन निकाय अघि आइहाल्नुपर्न देखिएको छ। (केशर मोक्तान)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!