Loading... आजः शुक्रबार , फाल्गुन २, २०८१

मच्छिन्द्रनाथ रथ तान्दा प्रहरीको हस्तक्षेपपछि झडप



महामारीको बेवास्ता गर्दै ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ रथ तान्दा प्रहरीको हस्तक्षेपपछि झडप भएको छ।

ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ (बुगःद्य) को रथ निषेधाज्ञा जारी रहेको अवस्थामा नतान्नु भन्दाभन्दै बिहीबार जिल्ला प्रशासनको स्वीकृत बिना तानिएकाले रथ तान्न रोक लगाउन प्रहरीले दमकलको सहायताले पानीको फोहोरा हानेको थियो।

गत वैशाख १८ र १९ गते तान्नुपर्ने रथ कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण रोकिएको थियो। अहिले पनि निषेधाज्ञा बाबजुद स्थानीयको दबाबमा रथ तान्न सुरू गरिएको थियो। स्थानीय प्रशासनले समयमै ध्यान दिएर युवाहरू जम्मा हुनुअगावै प्रहरी परिचालन गरेर एकत्रित हुने माैका नदिएको भए झडप हुने थिएन। अाजकाे यस घटनालाई लिएर विभिन्न विद्वान ब्यक्तिहरुले सामाजिक सञ्जालमा अाअाफ्नाे प्रतिक्रिया जनाउँदै सरकार खासगरी स्थानीय प्रशासनकाे अालाेचना गरेका छन्।

यसैगरी, मच्छिन्द्रनाथ रथ यात्रा गर्ने क्रममा भएको धरपकडप्रति अापत्ति जनाउँदै राष्ट्रिय शक्ति नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै विरोध गरेको छ। प्रेस विज्ञप्तिमार्फ मच्छिन्द्रनाथ रथ यात्राको उचित व्यवस्थापन र घरपकड गरिएकाहरुको रिहाइको माग गरिएको छ। राष्ट्रिय शक्ति नेपालद्वारा जारी विज्ञप्ति :
ग्रेटर नेपाल राष्ट्रवादी माेर्चाका अध्यक्ष फणीन्द्र नेपालले “राष्ट्रपतिलाई संबोधन गरेर रथयात्राको अनुमति मागिएको पत्र यसैमा संलग्न छ” शीर्षक राखेर अाफ्नाे प्रतिक्रिया ब्यक्त गर्नुभएको छ। उहाँको प्रतिक्रिया :

मच्छिन्द्रनाथको रथयात्रा विशुद्ध सांस्कृतिक परम्परा हो। सम्बन्धित निकायसँग पूर्व स्वीकृति माग्दा माग्दा बेवास्ता गरेर परिस्थिति भड्काउन प्रहरीले फोहोरा चलाउनुले सरकार धर्म, संस्कृति र परम्परा मास्न उद्यत रहेको देखिन्छ। रामको कुरा उठाउनेले हिन्दूसंस्कृतिको जगेर्ना गर्ने कि पोपलाई खुसी पार्न संस्कृतिका रक्षकमाथि दमन गर्ने?
# भिडको अाँखा र विवेक कमै हुन्छ। महाभारतको धर्मयुद्धमा अधर्मपूर्वक अभिमन्यु मारिएका थिए। दमन गर्न अह्राइएका प्रहरीविरुद्धको रिसको तारो ट्राफिक प्रहरी बन्न पुगेको देखियो। तर परिस्थिति भड्काउने र अास्थामाथि प्रहार गर्ने काम कसले गर्यो?

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!