Loading... आजः शनिबार , श्रावण १२, २०८१

मणिपाल अस्पतालको असम्वेदनशीलताको नाघ्यो पराकाष्ठ, दुई घाण्टासम्म उपचार पर्खिएर पनि नपाउँदा एक व्यक्तिको मृत्यु


गान्तोक, 19 अगस्त। सिक्किमको चर्चित सेन्ट्ररल रेफर्ल हस्पिटल (मणिपाल) बाट लगातार रूपमा लापरवाही र अमानविय सेवाको कारण अकालमा बिरामीले ज्यानबाट हात धुनुपरिरहेको छ। यसैक्रममा आज बिहान एक 47 वर्षिय व्यक्तिको निधन मणिपाल अस्पतालको आपतकालिन सेवामा जाँच गर्न बारम्बार बिन्ति गर्दा पनि दुइ घण्टापछि वाहनमै मृत्युवरण गर्नुपरेको छ। दक्षिण सिक्किमको तुरूक निवासी जगतबहादुर छेत्री मणिपाल अस्पतालभित्र दुइ घण्टा पर्खिंदासमेत प्रवेश गराउन नपाई प्राण गुमाउनु परेको अमानवीय, संवेदनाहीन र गैर-जिम्मेवारीपूर्ण घटना राजधानीमा घटेको हो। उनको निधन पछि मृतकका छोरीहरूले मणिपालको प्रशासन र मानव सम्वेदना नभएको कारण आफ्नो पिताले ज्यान गुमाउनुपरेको कुरा मिडियामा खुलासा गरेपछि विवाद चुलिएको छ। एसके-०४जे १०२० नम्बरधारी ट्याक्सी वाहनमा बिरामी छेत्रीलाई मंगलबार ७ बजी बेलुकी मणिपाल अस्पताल पुर्या१इएको तर दुई घण्टा सम्म पनि त्यहाँ ड्युटीमा रहेका स्टाफहरुले बिरामीलाई अस्पतालमा भर्ना गर्न मानेनन्। बिरामीको परिवारले ड्युटीमा रहेका डाक्टर अनि सिस्टरहरुलाई बिरामीलाई छिटो भर्ना गरिदिने लाख बिन्ति गर्दा पनि कुरै सुनेनन्। अस्पताल पुगेको दुई घण्टा पछि बिरामीको वाहन भित्रै मृत्यु भयो। मृतककी छोरी आसिका छेत्रीले मणिपाल अस्पतालमाथि उनको बाबालाई उपचार गर्न नमानेको गम्भीर आरोप लगाएकी छिन्।
अर्कोतिर मणिपाल अस्पताल पत्रले पत्रकार सम्मेलन आयोजन गरेर जाँच समिति गठन गरेको बताएको छ। यसैगरि कसको लापरवाहीको कारण एक बिरामीको मृत्यु भयो त्यसबारेमा जाँच गर्ने बताएको छ। घटना हिज रातिको हो 7 बजी बिरामी लिएर आफन्तहरू मणिपाल आइपुगेका थिए। 9 बजीसम्म आफ्नो बाबालाई जाँच गरिदिने बिन्तिभाव गरिरहे तर अन्ततः उनको मृत्यु भएको बताइयो। आपतकालिन सेवा सेनिटाइजेशन गरिरहेको बताएर जाँच गर्न अस्वीकार गरियो। उनलाई नाम्ची जिल्ला अस्पतालबाट रेफर गरेर ल्याइएको थियो। यस अघि पनि दुइवटा मृत्यु मणिपाल अस्पतालको लापरवाहीको कारण भएको आरोप लागेको छ भने पहिलेबाट एउटा जाँच कमिटि पनि बनाएर मृत्युबारे छानबीन गरिरेहको छ। फेरि नयाँ कमिटि बनाएर जाँच गर्ने घोषणा गरेर आफ्नो गल्ती भने ढाकछोप गर्न अस्पताल प्रबन्धन पक्ष सफल नहोस भन्ने राज्यको विभिन्न राजनैतिक दलहरूले प्रतिक्रिया पनि दिइसकेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!