Loading... आजः शनिबार , श्रावण १२, २०८१

मतभेद चिर्दै प्रमअाेली र प्रचण्डबीच दुईघण्टा बालुवाटारमा वान टु वान


स्थायी कमिटीको बैठक सुचारु गर्ने विषयमा मतभेद भएपछि रोकिएको नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पुनः छलफल प्रारम्भ भएको छ।

स्थायी कमिटी बैठक स्थगित भएको ९ दिन पछाडि प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र दाहालबीच बालुवाटारमा झण्डै दुई घण्टा छलफल भएको छ। एक अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले बिहीबार पछाडिका पाँच दिनभित्रै सहमति हुने विश्वास दिलाउनुभएको थियो। प्रधानमन्त्रीको अभिव्यक्तिपछि विवादको समाधान निस्कने अपेक्षा पार्टीका नेता कार्यकर्ताले गरेका छन्।

दुई अध्यक्षबीच गत साउन १८, १९ र २० गते वरिष्ट नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको उपस्थितिमा बैठक बसेको थियो। तर, दुवै पक्ष अडानमा कायम रहेकाले सहमति हुन सकेको थिएन।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!