Loading... आजः शनिबार , श्रावण १२, २०८१

मध्यभोटेकोसीको १ अर्ब ५० करोड सेयर निष्कासन


१०२ मेगावाटको मध्यभोटेकासी जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि छुट्याएको १ अर्ब ५० करोड रुपैयाँबराबरको १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक चिलिमे जलविद्युत् कम्पनीको पनि सहायक मध्यभोटेकोसी कम्पनीले स्थानीयवासी र सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो। स्वपुँजी (इक्वेटी) तर्फको स्थानीयवासीका लागि ६० करोड तथा सर्वसाधारणका लागि ९० करोड रुपैयाँबराबरको सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको कारोबार अनलाइनले लेखेको छ।

कम्पनीका अनुसार, सर्वसाधारणलाई दिइने १५ प्रतिशत अर्थात ९० लाख कित्ता तथा स्थानीयबासीलाई दिइने १० प्रतिशत अर्थात ६० लाख कित्ता सेयर निष्कासन गर्न लागिएको हो। सेयर निष्कासनका लागि कम्पनीले नागरिक लगानी कोषसँग ‘सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता’ गरेको कम्पनीमा प्रमुख कार्यकारी अधिकृत मणिकुमार काफ्लेले जानकारी दिनुभयो।

कम्पनीले यसअघि पहिलो चरणमा कर्मचारी संचयकोषमा रकम संचित गर्ने संचयकर्ताका लागि १९.५ प्रतिशत अर्थात १ करोड १७ लाख कित्ता, संस्थापक कम्पनीका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि १ प्रतिशत अर्थात ६ लाख कित्ता गरी कुल १ करोड ४४ लाख कित्ता अर्थात १ अर्ब ४४ करोड बराबरको सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!