Loading... आजः शनिबार , श्रावण १२, २०८१

मनिपालको लापरवाहीले अझ गयो एकको ज्यान, ज्याकब खालिङले भने चलाउन नसके सरकारलाई जिम्मा लगाउनु


 

गान्तोक, 21 अगस्त। सिक्किमको कथित नामी अस्पतालको रूपमा मानिने मनिपाल अस्पताल (सीआरएच) मा फेरि एकजनाको उपचारको क्रममा लापरवाहीले मृत्यु भए पछि स्थिति ड विवादास्पद बनेको छ। पछिल्लो लगभग दश दिनमा लापरवाहीको कारण मनिपालमा भएको चौथो मृत्यु हो।

गत सोमबार रक्तचाप कम भएको भनेर श्रीमती गिता राईलाई मनिपाल अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्यमा सुधार आइरहेको बताइको तथा घरैको खाना खाने समेत सुझाउ दिएको तर हिज अचानक उनको मृत्युको खबर फैलियो भने पछि अस्पताल पक्षले मृत्यु नभइहालेको सघन कक्षमा उपचार चलिरहेको बताएको तर अन्तमा उनको मृत्यु घाँटीमा काँक्रा अड्किन्दा भएको पुष्टि गर्दै अस्पताल पक्षले स्पष्टिकरण दिएपछि स्थिति अनियन्त्रित बन्यो। मृतकको पति अशिम प्रधानले भने, बिहान खानासित काँक्रा खाएको मान्छेलाई केही घण्टापछि काँक्रा घाँटीमा अड्किएको भन्दै अस्पताले त्यसैको कारण मृत्यु भएको दाबी गरेपछि उनले अस्पताल प्रबन्धन पक्ष विरूद्ध सदर थानामा प्राथमिकी दर्ता गरेका छन्।

Insert your Ads code here

मनिपालको स्पष्टिकरणप्रति सबैले असन्तुष्टि व्यक्त गरेको छ भने यो भन्दा दुइ दिन अघिमात्र एक 47 वर्षिय व्यक्तिलाई अस्पतालको आपतकालिन सेवामा भर्ना समेत गर्न नमानेरे 2 घण्टा जति अस्पतालको गेटमा कुर्दा कुर्दै मृत्यु वरण गर्नुपरेको थियो। यसबारे अहिलेसम्म अस्पताल पक्षले स्पष्टिकरण चित्तबुझ्ने दिन सकेको छैन भने अहिले दुइजना नाबालककी आमाको अकाल मृत्यु हुँदा अस्पतालले आम नागरिकलाई उपचारको नाममा बेच्ने मृत्युको हिसाब किताब दिन पर्ने स्थिति आएको छ। जुन अपस्ताल पक्षमा बारम्बार लापरवाही र विभिन्न मानसिक यातना दिने जस्ता कुकार्यहरूको पर्दा उठाउने कार्य पनि गरेको छ।

मृतक गीता राईको परिवारलाई रातको भरि उनी जिउँदै रहेको आश्वासन दिइरहेको तर आज बिहान पाँचबजी मात्र उनको निधन भएको घोषित गरेको पिडीत पतिले बताएका छन्। त्यसो त उनलाई अस्पतालका कर्मचारीहरूले हिज दिउँसो 1 बजी नै मृत्यु भएको बताएको भए पनि अस्पतालले भेन्टिलेटरमा राखेको अनि धेरै अनुरोध गर्दा परिवारलाई टाँडैबाट हेर्न अनुमति दिएको बताइएको छ। यद्यपी 1 बजी नै मृत्यु भएको स्थितिलाई ढाकछोप गर्न अस्पताल पक्षले घटना लुकाएर राखेको हुनसक्ने देखिएको छ।

घटनाले उठेको तिब्र आलोचना र विवाद बीच राज्यको मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिङ नि तादोङ क्षेत्रका विधायक जीटी ढुङ्गेलले मनिपालका उपकूलपतिसित मिडिया सहीत पुगेर भेट गर्दै तुरन्तै यसको स्पष्टिकरणको माग गरे। राजनैतिक सचिव खालिङले अहिले महामारीको समय राज्य सरकारले पूर्ण रूपमा नयाँ एसटीएनएम अस्पतालमा व्यवस्थित ढङ्गमा अस्पताल सञ्चालन गरिरहेको तर मनिपालले व्यवस्थापन गर्न नसकेको भन्दै चलाउन नसक्ने भए राज्य सरकारलाई जिम्म लगाउनु भन्ने स्पष्ट निर्देश दिए। यसका साथै उनले अस्पतालमा आएपछि जनताले भगवान विर्सेर डाक्टरलाई सम्झने तर यहाँ जनताको विश्वास र आस्था तोड्ने कार्य भएको बताउँदै अस्पताल पक्षलाई तिरिखिरी पारे। यसैगरि विधायक ढुङ्गेलले मृतक परिवारलाई आवश्यक क्षतिपूर्ति दिनुपर्ने तथा जसजसले यो मामिलामा लापर्वाही गरेका छन् त्यसको विरूद्धमा कडा कार्यवाही गर्नुपर्ने माग गरे। अस्पताल पक्षले जाँच समिति गठन गरेर छानबीन गरिरहेको बताएको छ।

अर्कोतिर राज्य सरकार स्वयंले पनि मनिपालको लापरवाहीमाथि स्वस्थ्य विभागको प्रदान सचिव के श्रीनिवासालुको अध्यक्षतामा शहरी विकास तथा आवास सचिव सरला राई अनि कोअर्डिनेशन कोविड 19 का सचिव रिञ्जिङ छेवाङको सदस्यतामा सत्यता जाँच समिति गठन गरेको छ। अर्कोतिर मनिपाललाई राजनैतिक सचिव खालिङ अऩि विधायक ढुङ्गेलले 27 अगस्तसम्म मनिपालले आफ्नो स्पष्टिकरण दिनुपर्ने निर्देश पनि दिएका छन्। घटनालाई लिएर राज्यमा चौतर्फी विरोध चलिरहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!