Loading... आजः शनिबार , श्रावण १२, २०८१

मनिपालको लापरवाहीले मरेकाहरूको परिवारलाई 1-1 करोड क्षतिपूर्ति दिनुपर्छः जेबी दर्नाल


गान्तोक, 21 अगस्त। सिक्किमको प्रमुख विपक्षी दल एसडीएफले मनिपाल अस्पतालको चिकित्सकीय लापरवाहीको कारण ज्यान गएका परिवारहरूको पक्षमा बोल्दै सबै मृतक परिवारलाई एक-एक करोड़ रूपियाँ क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ। एसडीएफ प्रवक्ता जेबी दर्नालले भिडियो कन्फरेन्सिङ गरेर राज्यमा स्वास्थ्य सेवाको खस्किन्दो हालतको कडा शब्दमा निन्दा गर्दै राज्यको मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिङले मनिपाललाई भिख माग्नुको साटो सरकारी आदेश दिएर जनताको सुरक्षाको जिम्मेवारी बहन गर्न बाध्य बनाउनुपर्ने बताए। उनले भने मनिपाललाई सरकारले अहिले आपदा प्रबन्धन ऐन लागु भएको कारण आदेश दिएर जनताको सुरक्षा र उपचारको निम्ति प्रतिबद्ध हुने निर्देश दिनुपर्छ आग्रह गरेर हुँदैन। उनले राजनैतिक सचिव खालिङको कार्य केवल मनिपालको उपकूलपतिलाई धम्काएर जनताको अगाडि देखाउने प्रयास मात्र नगरेर सरकारले जस्तो आदेश दिनुपर्ने थियो तर पनि उनले प्रयास गरेकोमा सराहना गर्छौ भने। यसका साथै राज्यको मुख्यमन्त्रीले पनि आफ्नो अधिकारको प्रयोग गरेर सबै मनिपाल अस्पतालको सबै अधिकारीलाई मुख्यमन्त्री कार्यालयमा बोलाएर खोजिनीति गर्नुपर्ने र आवश्यक निर्देश दिएर जनताको हितमा काम गर्नु पर्ने तर त्यो पनि नगरेको बताए।
अर्कोतिर अहिलेसम्म एसटीएनएम अस्पताल र मनिपाल अस्पतालको कोविडर र नन कोविड अस्पताल छुट्याउने आधिकारीक कार्य नगरिएको कारण जनताले हुसम्मको दुःख पाइरहेको बताए। उनले वर्तमान सरकारमा स्वास्थ्य क्षेत्रमा आएको कमजोरीको कारण 10 दिनको अन्तरालमा 5 जनाको ज्यान गएको बताउँदै पिडीत र शोकाकूल परिवारलाई क्षतिपूर्ति एक एक करोड दिएर अस्पतालले पनि यस्तो गर्नु नहुने बन्ने शिक्षा दिलाउनुपर्ने बताए।अर्कतिर उनले राज्य सरकारले घटनाबारे छानबीन कमिटिमाथि जनताको विश्वास नभएको पनि बताए। चारवटा मृत्युमा चारवटा कमिटि बनाएको अनि मल्ली काण्डमा पनि मुख्यमन्त्री स्वयंले डीजीपीलाई कारण बताउन लगाउने निर्देश दिएको तर अहिलेसम्म केही कार्य नभएको स्पष्ट भएको कारण राज्य समिति प्रति कुनै विश्वास नरहेको बताए।
अर्कोतिर उनले हिजमात्र राज्यको स्वास्थ्य मन्त्री एमके शर्माको कोरना पोजेटिभ आएको अनि त्यसमा प्राइमेरी कन्ट्याक रहेको मन्त्री अरूण उप्रेतीले भने नारीशक्तिलाई भेला पारेर तीज उत्सव मनाउन व्यस्त रहेको आरोप लगाए। उनले राज्यको सानो मुद्दामा पनि कराउने सत्तारूढ दलको नारी शक्तिका कार्यकर्ताहरूले तीन-तीन जना महिलाको अस्पतालमा ज्यान जाँदा कुनै सम्वेदनासमेत पनि नदेखाएको तर उल्टै तीज उत्सवमा नाचेर सामाजिक दूरत्व र कोविड प्रोटोकलसमेतको पर्वाह नगरेर नारीसम्मानको धज्जिया उडाएको आरोप लगाए। उनले मनिपालसित वर्तमान सरकारले साँठगाँठ गरेरै नन कोविड अस्तपताल भनेर जनताको पैसा लुट्ने कार्य गरिरहेको गम्भीर आरोप पनि लगाए। उनले भने जनतालाई रुई र सुई निःशुल्क गर्न सक्नुपर्छ सरकारले सरकार साँच्चै जनताको पक्षमा छ भने अब तुरन्तै सबै उपचार सही रूपमा गराउनुपर्छ उनले माग गरे।

अर्कोतिर प्रवक्ता दर्नाले भने, मनिपाललाई अहिलेसम्म नन कोविड अस्पताल निर्देशित नगर्नु तथा हिजको घटनाबारे राजनैतिक सचिव खालिङ आफै जानुको साटो चिकित्सकीय विशेषज्ञहरूको टीम जानुपर्ने थियो जुन केवल मिडियामा देखाएर मनिपालसितको अन्तरङ सम्बन्धलाई लुकाएर गाली गरेको जस्तो गरेर जनताको मन जित्ने प्रयास मात्र गरेको हो। अर्कोतिर कोविड शुरु भएको 3 महिनासम्म मोमो बनाएर मिडिया स्टण्ड गरिरहेको तर अस्पतालबारे कुनै पहल नगरेको तर एसडीएफ पार्टीले बारम्बार गरेको मागहरूलाई विपक्षीको आरोप ठानेको कारण आजको स्थिति सिर्जना भएको दाबी गरे।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!