Loading... आजः शनिबार , श्रावण १२, २०८१

मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनको एजेन्डा


प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको छ। शुक्रबार बिहान १० बजे बसेको बैठकमा संविधान संशोधनको प्रस्ताव, विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउनेलगायतका समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ।

सरकारले जारी गरेको नयाँ नक्सा कार्यान्वयनका लागि संविधान संशोधन गर्नुपर्ने बाध्यता छ। अघिल्लो मन्त्रिपरिषदको बैठकले सुगौली सन्धी अनुसारको नेपालको अन्तराष्ट्रिय सीमा कायम गर्दै नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो।

त्यसपश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा राखिएको निशान छापभित्र रहेको नेपालको नक्सा परिवर्तन गरेर नयाँ सार्वजनिक नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न संसदमा प्रस्ताव आउने जानकारी दिनु भएको थियो।

Insert your Ads code here

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बुधबार लिम्पियाधुरासहित राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्नु भएको थियो। निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्नुपर्ने भएकाले आजको बैठकले उक्त प्रस्ताव संसदमा प्रस्तुत गर्ने निर्णय गर्ने बालुवाटार स्रोतले जनाएको छ। मन्त्रीको सार्वजनिक गरेसँगै निसान छाप, पाठ्यक्रम लगायतमा पहिलो पटक लिम्पियाधुरासहितको नक्सा समेटिने भएको हो।

बैठकमा लकडाउनको मोडालिटी र विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउने विषयमा पनि छलफल हुने बताइएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!