नेपाल सरकार मन्त्रीपरिषद बैठकले तीन देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।
मन्त्रिपरिषदकाे सोमबार बसेको बैठकले परराष्ट्र मन्त्रालयका सहसचिवहरु गेहेन्द्र राजभण्डारी बेल्जियम, तपस अधिकारी पाकिस्तान र रामजकाजी खड्कालाई जर्मनीको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो।
सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषदको नियमित पत्रकार सम्मेलनमा राजदूत सिफारिसबारे जानकारी दिनुभएको हो।
Insert your Ads code here
सिफारिस गरिएकाहरुको संसदीय सुनुवाईपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।