Loading... आजः शनिबार , श्रावण १२, २०८१

मन्त्री भट्टराईद्वारा कोरोनाको प्रभावबारे पर्यटन व्यबसायीसँग छलफल


नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भिडियो कन्फरेन्समार्फत् कोरोना सङ्क्रमणका कारण पर्यटन क्षेत्र क्षेत्रमा परेको असर र आगामी कार्ययोजनाबारे छलफल गर्नुभएको छ। मन्त्री भट्टराईले पर्यटन क्षेत्रसँग सम्बद्ध संस्थाका प्रमुखहरुलाई पर्यटन क्षेत्रसँग सम्बद्ध श्रमिक तथा कर्मचारीहरुको दैनिक जीवन पायनको बिषयमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। छलफलमा विभिन्न संस्थाका प्रमुखले आ–आफ्नो क्षेत्रमा देखिएको समस्या, आगामी योजना र सरकारसँगको अपेक्षाका बारेमा धारणा राख्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

शनिबार आयोजित छलफलमा होटल एशोसिएशन नेपाल (हान) की अध्यक्ष सृजना राणा, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी, नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्तवीर लामा, प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को अध्यक्ष अच्युत गुरागाईं सहभागी हुनुहुन्थ्यो।

मन्त्री भट्टराईले लामो समय बन्दाबन्दी रहने स्थितिमा श्रमिकको दैनिक जीवन यापनको लागि फरक विकल्प पनि सोच्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “यदि लामो समय लकडाउन हुने स्थिति आयो भने त्यो अवस्थामा श्रमिकहरुको सुरक्षा कसरी गर्ने रु यो विषयमा पनि छलफल गरेर योजना तयार गरौं।”

Insert your Ads code here

उहाँले श्रमिकहरुको लागि आवश्यक कोष बनाउन आवश्यक तयारी थाल्न पनि पर्यटन बोर्डलाई निर्देशन दिनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!