Loading... आजः शनिबार , श्रावण १२, २०८१

मरमा चियाबारीवासीको गरियो रेपिट एन्टिजेन्ट टेस्ट


मिरिक,17 सितम्बर। दार्जीलिङको मिरिक महकुमाको विभिन्न ग्राम पञ्चातहरूमा कोरोना भाइरस अनि रेपिट एण्टिजेन्ट टेस्टबारे सचेतना साथै रेपिट एन्टिजेन्ट टेस्ट भइरहेको छ।यही क्रममा आज डुप्टिन ग्राम पञ्चायत अन्तर्गत मरमा चियाबारीको क्लस्टर भवनमा डुप्टिन ग्राम पञ्चायत अनि संयुक्त मञ्च मरमाको पहलमा रेपिड एन्टिजेन्ट टेस्ट सम्पन्न गरियो। यसक्रममा संयुक्त मञ्च मरमाका अध्यक्ष गिदोन थुलुङ, संरक्षक मिलेश राई, मञ्चका स्वयं सेवकहरु, विभिन्न समाजिक संस्थाका प्रतिनिधिगण, सम्पूर्ण समाजका पदाधिकारिहरू, मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रका डाक्टर सुवेन्दु कुण्डु,स्वास्थ्य कर्मी ग्लोरिया राई, एएनएएम सरजु राई, स्थानीय आशा कर्मीहरु, ग्राम पन्चायत सचिव सुरज शेर्पा साथै उनका सहयोगीहरुको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा संयुक्त मञ्च मरमाका अध्यक्ष गिदोन राईले भने, आज मोठ १ सय ६३ जनाको रेपिट एन्टिजेन्ट टेस्ट गराईयो। जसमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ। आज मरमावासीले आफ्नो स्वास्थ्यप्रति सचेत सक्रिय रूपमा जाँच गराएको राईले बताए। यसबाहेक उनले यो महामारीको समयमा सबैले सचेत बन्दै एक पटक जाँच गराउन आवश्यकता रहेको बताए। यता कोभिड 19 लाई रोक लगाउनका लागि गाउँ गाउँमा आएर जाँच गराउन लागिपरेका मिरिक स्वास्थ्य विभागका बीएमओएच डा.टाँसी छिरिङ लामा, डा. सुमेन्दु कुण्डु,अन्य स्वास्थ्य कर्मीहरु,डुप्टिन ग्राम पञ्चायतका सम्पूर्ण कर्मचारीवर्ग,मरमा चियाबारीका सम्पूर्ण सामाजका प्रतिनिधीवर्गप्रति राईले आभार व्यक्त गरेका छन्। (मुस्कान खेसाङ राई)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!