Loading... आजः शनिबार , श्रावण १२, २०८१

मलाई न्याय दिलाउने सम्मानित अदालतलाई धन्यवाद: पूर्वसभामुख महरा


बलात्कार आरोपमा सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महराले न्याय दिलाउने अदालतलाई धन्यवाद दिएका छन्। सोमबार डिल्ली बजार कारागारबाट रिहाइ हुँदा अदालतलाई धन्यवाद दिएका हुन्।

महराले भने ‘मलाई न्याय दिलाउने सम्मानित अदालतलाई धन्यवाद छ। कारागारमा रहँदा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदी बन्दी र मलाई शुभेच्छा प्रकट गर्ने सबैमा धन्यवाद व्यक्त गर्दछु। अरु कुरापछि गरौंला।’

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलाशले सोमबार सफाइ दिएको थियो। पूर्वसभामुख महरालाई रिहाइपछि स्वागतका लागि नेकपाका कार्यकर्ताहरु डिल्लीबजार कारागार पुगेका थिए।

Insert your Ads code here

संसदकी एक महिलामाथि बलात्कार प्रयास गरेको आरोप महरा असोज १९ गते पक्राउ परेका थिए।यसअघि पुस ३ गते महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको थियो । तर, उच्च अदालतले एक महिनाभित्र मुद्दाको टुंगो लगाउन जिल्लालाई निर्देशनात्मक आदेशसमेत दिएको थियो।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो। महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए। जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्नेगरी भएको आदेश कानुन विपरित भन्दै महराले उच्च अदालत पाटनमा निवेदन दिएका थिए, अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!