Loading... आजः शनिबार , श्रावण १२, २०८१

मल्ली काण्डले सिक्किममा संगठित अपराध भइरहेको खुलासा गरेको छः केबी राई


गान्तोक, 10 जुलाई । सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) ले राज्यमा संगठित अपराधको चलखेल शुरू भएको गम्भीर मुद्दा उठाउँदै भारत सरकारले यसलाई गम्भीरतापूर्वक लिएर सिक्किमको शान्ति सुरक्षा र अन्तरराष्ट्रिय संवेदनशीलतालाई ध्यानमा राखेर राष्ट्रपति शासन लागू गर्नुपर्ने माग गरेको छ। एसआरपी अध्यक्ष केबी राईले पत्रकार सम्मेलन आयोजन गरेर मल्ली चेकपोस्टबाट अवैधरूपमा सिक्किम भित्रिएका पाँच जना मानिसहरूको विषयमा राज्यको मुख्यमन्त्री प्रेमसिंह तामाङ स्वयंले कारबाहीको निम्ति पहल गर्नुको साटो त्यसमा संलग्न सिक्किमकै कानून आदेशका प्रमुख डीजीपीलाई बचाउने र डाकछोप गर्ने प्रयास गरेको आरोप लगाउँदै डीजीपी विरूद्ध सामाजिक संजालहरूमा अवैध तस्कारीमा समेत लिप्त रहेको प्रतिक्रियाहरू आउन थालेपछि सिक्किमको शान्ति सुरक्षा खतरामा परेको दाबी गरेका छन्। उनले अधिवक्ता याङजी पिनाशाको आधिकारिक फेसबुकमा डीजीपी विरूद्ध तस्करी र नशालु पदार्थको ओसार पोसारको आरोप उठेको बताउँदै यसबारे डीजीपी र सरकार पक्षबाट कुनै कारबाही नहुनु भनेको कहीं कतै अधिवक्ता पिनाशाले लेखेको कुराहरूलाई मौन समर्थन मिल्नु हो भन्ने दाबी गरेका छन्। अर्कोतिर, मल्ली चेकपोस्ट काण्डमा दोषीहरूलाई क्लिन चिट दिनुभन्दा सरकारले तुरून्तै न्यायिक स्तरको जाँच कमिटी गठन गर्नुपर्ने माग गरेका छन्। उनले सरकारले जाँच गरेर सकिएको भन्ने मन्तव्य मुख्यमन्त्रीबाटै सुन्नु दुर्भाग्यपूर्ण रहेको बताउँदै यो मामिलालाई चुड़ान्त निर्णयसम्म नपुराइञ्जेल एसआरपी पार्टी चुप नबस्ने बताए। उनले यस विषयमा राज्यपालले पनि हस्तक्षेप गर्नुपर्ने र अहिलेसम्म राज्यपाललाई गरिएको अनुरोधहरूमाथि कुनै कारबाही नभएको भए पनि यसमा भने आँखा चिमलिएर नबसिदिने अपील गरे। यसरी नै उनले यो मामिलालाई केन्द्र सरकारको आपदा प्रबन्धन मन्त्रालय, प्रधानमन्त्री, गृह मन्त्री सबै राजनीतिक दलहरूलाई अवगत गराउने पनि बताए। यसरी नै मल्ली चेकपोस्ट काण्डमा संलग्न पाँच जना व्यक्तिले एउटै वाहन प्रयोग गरेर सामाजिक दुरूत्वलाई पनि पालन नगरेको स्पष्ट हुँदाहुँदै मल्ली चेकपोस्टबाट क्षमताभन्दा धेरै मानिस चड़ेको वाहनलाई छिर्न दिनु पनि अर्को उल्लंघन हो भनी बताए। यसरी नै उनले जोरथाङ नगर परिषदका अध्यक्ष टीका गुरूङले समाचार माध्यमलाई दिएको अन्तरवार्तामा स्पष्टरूपमै गौरी शंकर गुप्ताले आफुलाई डीजीपीले अनुरोध गरिदिएपछि मल्ली चेकपोस्टबाट छिरेर जोरथाङ आउने पाएको अनि अन्तिम संस्कार सकिएपछि फर्किने छु भन्ने मन्तव्य गरेकोले स्पष्टरूपमै डीजीपीले मल्ली चेकपोस्टबाट जोरथाङ नै छिर्न दिएको पुष्टि भएको बताए। अर्कोतिर, गौरी शंकर गुप्ता र डीजीपीको बीच भएको टेलिफोन वार्ताको पनि खुलासा गर्नुपर्ने माग गरे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!