Loading... आजः शनिबार , श्रावण १२, २०८१

मल्ली चेकपोष्ट काण्डमा सिक्किमे जनताले घाँस खान्छ जस्तो कुरा गर्दैछ प्रशासनलेः नवीन किरण


गान्तोक, 6 जुलाई। सिक्किमको प्रशासनले सिक्किमे जनताले घाँस खान्छ केही बुझ्दैन भन्ने ठान्ने गरेको अनि त्यस्तै व्यावहार गरिरहेको तर सिक्किमे जनता पनि भातै खाने जनता भएको कारण जनताको आँखामा छारो हाल्ने नाटक नगर्नु भन्दै सिक्किम सब्जेक्ट कमिटिका उप संयोजक तथा अधिवक्त नविन किरण, युवा राजेश वालिङ र अरूण लिम्बूले पत्रकार सम्मेलन आयोजन गरेर मल्ली चेकपोष्ट काण्डमा पुलिस महा निर्देशकको गल्ती लुकाउन गरिएको पत्रकार सम्मेलन एउटा नाटक मात्र रहेको दाबी गरेका छन्। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिक्किम सरकारको प्रमुख मुख्यमन्त्रीले कोविड 19 बारे गरेको बयान अनि कोविड 19 को प्रोटोकल नमान्ने विरूद्ध भाहरतीय दण्ड संहिताको धारा 307 अन्तर्गत मामिला दर्ता गर्ने बचनमा अहिले पनि हिमाल जस्तो अटल रहनु पर्ने माग गर्दै राज्यको पुलिस प्रमुख डीजीपी, मल्ली थाना प्रभारी र अन्य दोषीलाई तुरन्तै कार्वाही गर्नुपर्ने माग गरेका छन्। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अधिवक्ता नवीन किरणले तुरन्तै राज्य सरकारले स्वतन्त्र जाँच समिति गठन गर्नुपर्ने माग गर्दै राज्यमा के भइरहेको छ भन्ने कुरा मुख्यमन्त्रीलाई आफूलाई थाहा नभएको भन्ने मन्तव्य दिने जस्तो नगरेर अब तुरन्तै कार्वाही गरेको हुनुपर्छ भन्ने माग गरे। उनले भने अहिले हामी पत्रकार सम्मेलनमा घाँस लिएर आएका छौं किन भने राज्य सरकार र पुलिस प्रशासनले सिक्किमे जनतालाई घाँस खान्छ जस्तो कुरा गर्दैछ तर हामी घाँस खाने होइन भात खाने मान्छे हौ अनि हामीले सबै बुझेका छौं। उनले मल्ली चेकपोष्टबाट गौरी शंकरसित अरू पनि को को छिरेका छन् अनि पुलिस महानिर्देशकको अतिथि भनेर चेकपोष्टमा कसरी दर्ता गरियो त्योबारे स्पष्टिकरण दिइऩुपर्छ। उनले भने हामीलाई जानकारी प्राप्त भइरहेको छ उनीहरू साधरण मान्छे होइन ठूला व्यापारीहरू भएको कारण सिक्किम सरकारले बनाएको नियम केवल गरीब जनताको निम्ति मात्र नहोस सबैको लागी बराबर हो।
यसैगरि अर्का युवा राजेश वालिङले राज्यमा संविधानको दारा 14 को खुल्ला रूपमा उलङ्घन भइरहेको अनि त्यसको निम्ति राज्य सरकारबाट कुनै पहल नभएको बताए। यसैगरि उनले राज्य सरकारको प्रमुखले चुनाउ पहिले गरेका घोषणा सरह यो कोविड 19 बारे सरकारले तय गरेको अडान पनि झूटो साबित नहोस भनि बताए।
अर्कोतिर युवा अरूण लिम्बूले सिक्किमको पुलिस विभागले मानवताको कुरा गर्दै मल्ली काण्डलाई जनताको अगाडि एकाङ्की गरेर जनताको आँखामा धुलो हाल्ने काम गरिरहेको बताए। उनले मुख्यमन्त्रीलाई आफ्नो वचनमा हिमाल जस्तो अडिक भइदिने माग गर्दै अब जनतालाई केवल मुख्यमन्त्रीप्रति मात्र आस्था रहेको तर मानवता सिक्किममा केवल धनी र ठूलाहरूको निम्ति मात्र रहेको बताए। उनले सिक्किम छिर्न नपाएका सुष्मिता सुब्बाको परिवारलाई मानवताले नछोएको बताउँदै सिक्किम पुलिसले सुष्मिता सुब्बाको परिवार र अन्यलाई सिक्किम छिर्न नदिएको बेलामा कुनै प्रकारको मानवता नदेखेको बताए। तर सिक्किमको पुलिसको टाउकेको अतिथिलाई भने मानवता देखाउने पुलिसले मानवताको नाटक नगर्ने भनि बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!