मल्ली चेकपोस्ट काण्डः पुलिसको स्पष्टिकरणमा पनि डीजीपी तिरै शङ्काको सुई तेर्सियो
गान्तोक, 4 जुलाई। दक्षिण सिक्किमको मल्ली चेकपोस्टबाट कोविड-19को मानदण्डलाई अमान्य गर्दै सिक्किम बाहिरबाट पाँच जना मानिसलाई जोरथाङमा मलामीमा उपस्थित हुन दिएको मामिलाको विवादले आकाश छुने स्थिति पुगेपछि सिक्किम पुलिसले आफ्नो स्पष्टिकरण दिने प्रयास गरेको छ। पुलिसका प्रवक्ता तथा डीआईजी रेञ्ज प्रवीण गुरुङ, जिल्ला पुलिस अधिक्षक ठाकुर सिंह थापा, मल्ली थाना प्रभारी कर्मा छिरिङ तामाङले संयुक्तरुपमा पत्रकार सम्मेलन आयोजन गरेर आफ्नो सफाई प्रस्तुत गरेका छन्।
पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले मल्ली चेकपोष्टबाट पाँच जना सिक्किम बाहिरबाट मान्छे छिर्ने विषयमा गल्ती भएको स्वीकार गर्दै उक्त गल्ती सोचेर गरिएको नभएर स्वभाविकरूपमा हुने गल्तिकोरूपमा रहेको बताए। उनले पुलिस महा निर्देश ए शङ्कर रावले तीस जूनको राती लगभग 11-29 बजी डीजीपीले मल्ली थाना प्रभारीलाई फोन गरेको कल रेकर्ड सार्वजनिक गरे जसमा जोरथाङको गौरी शङ्करको बाबा मरेको अनि उनलाई निस्किएर जानदिनु निस्कि हाल्छ भन्ने आदेश दिएको आधारमा प्रभारी तामाङले भने आफ्नो थानाको चेक पोस्टमा तैनात पुलिसकर्मी टाशी राप्गे भोटियालाई फोन गरेर तत्कालै डीजीपीको अतिथिलाई जान दिनुपर्ने आदेश दिएको अनि एक बजी राती उनको ड्यूटी सकिएपछि नायक पूर्ण राणालाई सोही कुरा उल्लेख गर्दै कागतमा समेत लेखेर दिइएको अनि एसएचओले स्पष्टरुपमै भित्र पस्न नदिनु भने भूल बुझाबुझ भएको तथा नयाँ ड्यूटीमा रहेको पूर्ण राणाले नाम सोधेर बताए अनुसार कै गौरीशङ्कर गुप्ता रहेको थाहा पाएपछि छोडिएको तर बाहिर जानुपर्ने आदेशमा भित्र पस्ने अनुमति दिएपछि चौतर्फी विरोध भएको अनि पुलिसको तर्फबाट गल्ती भएकोलाई जनता र प्रशासनलाई पनि क्षमाप्रार्थी रहेको बताए। यद्यपी डीजीपीले जारी गरेको आदेश विरुद्ध भने कुनै मन्तव्य गर्न नमिल्ने डीआईजी रेञ्ज गुरुङले स्पस्ट बताए। उक्त दिन ड्यूटीमा रहेका दुई जवानलाई बिहानी निलम्बन गरिएको अनि यो सिक्किम पुलिसको नियम मुताविक गरिएको अनि यो जाँच प्रकृया गर्दा गरिने स्वभाविक प्रकृया हो भनि बताए। यसैगरी जिल्ला पुलिस अधिक्षक समक्ष थाना प्रभारीले पनि स्पष्टिकरण बुझाइसकेको बताए भने उच्च स्तरको जाँच प्रकृया पनि भइरहेको बताए।
अर्तोतिर सबै गल्ती र शङ्काको सुई भने पुलिस महानिरिक्षक पट्टि नै उठेको हुनाले पत्रकारहरूले केरकार गर्दा पनि डीआईजी गुरुङले उक्त विषयमा जाँच भइरहेको र आफूलाई त्यस विषयमा बोल्न नमिल्ने बताए भने उनले डीजीपी र थाना प्रभारीबीच भएको संवाद सार्वजनिक भएको अनि त्यसको विषयमा निर्क्योल गर्ने जिम्मेवारी जनतालाई छोड्ने र गल्ती कसको हो त्यस विषयमा जनताले नै निर्णय गरुन भन्दै आफूले उच्च अधिकारीको बारेमा प्रतिक्रिया गर्न नमिल्ने बताए।
यद्यपी उनले थाना प्रभारीले भने स्पष्टरूपमै सिक्किम भित्र होइन बाहिर जान दिनुपर्ने फोन रिकर्डमा पटक-पटक दोहोऱ्याएको स्पष्ट भएको बताए। सिक्किम छिर्ने हरूलाई तत्कालै कोरेण्टिनमा पठाइएको अनि उनीहरूको स्वाप जाँचमा कोरोना नेगेटिभ आइसकेको पनि बताए भने घटना बारे मल्ली चेकपोष्टमा तैनात स्वास्थ्यकर्मीले गराउनुपर्ने जाँच समेत नगराइ जान नदिएको विषयमा पनि स्वास्थ्य विभागको सम्बन्धित निकायलाई स्पष्टिकरण दिइसकेको बताए भने यस मामिला बारे जोरथाङ नगर पञ्चायतका अध्यक्ष टीका गुरुङले अवैध्यरूपमा छिर्नेहरूबारे थाहा पाएपछि क्षेत्र विधायकका पति राजकुमार गजमेरलाई सूचित गरेपछि तत्कालै सम्बन्धित निकायले घटनालाई संज्ञानमा लिएर कार्वाही गर्दै जोरथाङ थानामा प्राथमिकी दर्ता गरिसकेको बताए। उनले यो घटनालाई मानवताको आधारमा पनि हेर्नुपर्ने तथा सिक्किम पुलिसले अहिलेसम्म पूर्णरूपमा आफ्नो निष्ठापूर्वक कुनै दबाउ बिना काम गरिरहेको छ भन्ने कुरा पनि राखे। उल्लेखनीय छ, आपदा प्रबन्धन ऐन लागु भएपछि राज्यबाहिर जान र भित्रिन सबै कागजी प्रक्रिया तथा प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ तर पुलिसको सर्वोच्च अहोदामा बसेका अधिकारीले बिना प्रक्रिया पूरा गरेर नै राज्य बाहिरै जान भनेपनि दिनु सरासर कानुन व्यवस्थाको रक्षकले नै उल्लङ्घन गरेपछि शङ्काको सुई भने पुनः पुलिस महानिर्देशक तिरै फर्किएको छ।