Loading... आजः आइतबार , बैशाख १४, २०८२

महाधिवेशनले पुनः गौरबशाली पार्टी बनाउछ


 

बाबुराम चौधरी

नेपाली राजनितिकमा हरेक पार्टीको आ–आफ्नो विधान निति नियम पद्धति र प्रक्रियाहरुको प्राब्धान हुने गर्दछन् ।
 त्यही प्रक्रियाबाट महाधिवेशन गराउने समया वधी पुरा भएपछि पुनः पाटीलाई राजनितिक बैधानिक प्रदान गर्नका लागि त्यहि विधानको परिधि भित्र रही हरेक पार्टीका नेतृत्वकार्य कर्ताहरुले महाधिवेशनको माध्यमद्रारा प्रत्येक राजनितिक तहमा रहेका पार्टीका क्रियाशील सदस्यहरुलाई गाँऊ,वडा,नगर,क्षेत्र,जिल्ला,प्रदेश र केन्द्रमा आफ्नौ पार्टी भित्रका संस्थापन र इतरमा रहेका इच्छुक,योग्य,कर्मठ र जुसारु क्रियाशील सदस्यहरुलाई प्रतिस्पर्धीको रुपमा उम्मेद्वार खडा गरी सर्वप्रथम एक आपसमा सहमति सहकार्य र समन्वय गराई सवै तहहरुमा निर्विरोध कार्यकारीण्ी समिति बनाउन खोजिन्छ यद्यपि त्यसरी नभए पछि प्रजातान्त्रिक ढंगबाट निर्वाचन गराएर प्रत्येक तहहरुमा कार्यकारीणी समिति चयन गरिन्छ । यो आजको आवश्यकता पनि हो ।तर यो होइन कि एकै पार्टी भित्र गुटगत,उपगुट,खडा गरेर पार्टीलाई धराशायी बनाउने यो पार्टीको उद्देश्य भित्र पर्दैन यसरी नेपाली कांग्रेस पार्टी कहिले पनि गौरबशाली पार्टी बन्दैन । यो जननायक वि.पी.कोइरालाको विचार र सिद्धान्त भित्र पर्दैन । वि.पी.को सपना त के थियो भने उहाँको आर्थिक निति को योजना थियो । हलो जोत्ने किसानको तस्वीर हेरेर योजना बनाउनु पर्दछ । जस्को एक गाँस खाने जमिन एक हलो गोरु एउटा दुहुनो गाई हुनु पर्दछ ।अनि मात्र बास्तविक समाजबाद,गान्धीबाद र यथार्थबादका समानता गरिब र मध्यम जनताहरु सुखी र खुसीको अनुभुति गर्दछन् जननायक वि.पी. कोइरालाको यही हो बास्तकि समाजबाद उहाले भनेका थिए कि धनी वर्गलाई अलि बढी कर लगाएर असुल भएको करको आम्दानीबाट गरिब वर्गमा लगानी गर्ने यही वि.पी.को मार्ग दर्शन मा टेकेर गरिब र असहाय जनतालाई हेरी उनीहरुको जीवन स्तर माथि उठाउने र पार्टी सुदृधिकरणमा बल पु¥याउने र पार्टीको हरेक तहमा योग्य कर्मठ र जुझारु र पार्टी प्रति निष्ठावान सक्रिय उम्मेद्वारलाई उठाई पार्टी पंतीमा विजय गराई देश र जनताको लागि राम्रो काम गर्न कसैलाई काखा र पाखा नगर्ने आफ्नो आसे पासेको भर्ती केन्द्र नबनाउने भ्रष्टाचार कमिशन खोरलाई पराष्ट गर्ने जस्ता जनननयक वि.पी.कोइरालाको सपनालाई साकार पार्ने कार्य गरे पछि हाम्रो यो नेपाली कांग्रेश पार्टी पुनः ठुलो गौरबशाली १ नं.को पार्टी बनाउन सकिन्छ । तर महत्व पूर्ण पदमाा पुगेका नेपाली कांग्रेश पार्टीका साथीहरुले निस्वार्थ भै पार्टीका लागी र जनताका लागि असल काम गर्नका लागि वि.पि कोइरालाको विचार र सिद्धान्त अनुसार र यही आगामी १४ औ आसन्न महाधिवेशन सम्पन्न गराउने हो भने अवश्यमेव नेपाली कांग्रेश पार्टी पुनःठुलो र गौरबशाली बन्न सक्दछ ।यसमा दुई मत छैन ।
बाबुराम चौधरी ९८४८२९६०४२

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!