Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

महामारीको रोकथाम तथा प्रतिरोधका लागि तुरुन्तै विश्वव्यापी शक्ति एक हुनुपर्छ


एक दिनमै युरोप र अमेरिकाले नयाँ कोरोना भाइरसको रोकथाम तथा प्रतिरोध गर्ने कदम चौतर्फी रुपमा उकासेका छन्।

मार्च १३ तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा नयाँ कोरोना भाइरस संक्रमित निमोनिया अवस्था प्रेस सम्मेलनको आयोजना गर्दै “राष्ट्रिय आपतकालीन अवस्था”मा प्रवेश गरेको घोषणा गर्नुभएको छ। अमेरिकी संघीय सरकारले यसका लागि पनि विभिन्न राज्यको चिकित्सा संस्थाका लागि पचास अर्ब अमेरिकी जरुरी पूँजी लगाएको छ। अमेरिकाबाहेक चेक,स्पेन,पोल्याण्ड आदि मुलुकले छुट्टाछुट्टै रुपमा सार्वजनिक स्वस्थ आपतकालीन अवस्थामा प्रवेश गरेको घोषणा गरेका छन्।

हालसम्म विश्वका १२३ मुलुक तथा क्षेत्रले विश्व स्वस्थ संगठनलाई नयाँ कोरोना भाइरस संक्रमित १ लाख ३२ हजारभन्दा बढी निश्चित बिरामी भएको रिपोर्ट गरेका छन् भने यस माहामारीबाट मृत्यु भएको जनसंख्या ५ हजारभन्दा बढी छ। यस गम्भीर अवस्थामा चीनको रोकथाम तथा प्रतिरोध प्रयासलाई हिलो छ्याप्ने केही पश्चिमी सञ्चार माध्यमले एक वास्तविकतालाई स्वीकार गर्नुपर्छ। किनभने चीनद्वारा सिर्जना गरिएको मूल्यवान समयलाई गुमाउने र विभिन्न मुलुकले सक्रिय गतिविधि नचाल्ने हो भने यस माहामारीले विश्वको राजनीति तथा अर्थतन्त्रमा पार्ने प्रभाव नियन्त्रणमा राख्न सकिँदैन।

Insert your Ads code here

महामारी मानव जातिको साझा शत्रु हो। यसलाई पराजित गर्न एकताबद्ध भएर सहयोग गर्नु नै अन्तर्राष्ट्रिय समाजको एउटा मात्रै छनौट हो। नीतिगत समन्वय,पूँजीको लगानी,सूचनाको शेयर,बैज्ञानिक अनुसन्धान,रोकथाम तथा प्रतिरोध कदमको आदानप्रदान आदि क्षेत्रमा अझै छिटो गतिविधि गराएर भाइरस फैलिने प्रवृत्तिलाई अझ छिटो नियन्त्रणमा राख्न सक्नुपर्छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!