Loading... आजः शनिबार , श्रावण १२, २०८१

महामारीबाट बँच्दै राज्यको अर्थतन्त्र पुनजागरणको निम्ति सिक्किमले गऱ्यो कृषि ऋण मेला


लकडाउन, बन्दबाट हरेस भएर हुँदैन अब विभिन्न सेक्टरमा काम गर्नपर्नेछः मुख्यमन्त्री तामाङ

गेजिङ 28 अगस्त। कोरोना भाइरसको विश्वव्यापी महामारीले सिक्किमको आर्थिक तन्त्र एक वर्ष पछि परेको छ, तर पनि सरकारले ग्रामीणस्तरमा आर्थिक मजबुत बनाउन सरकारले काम गरिरहेको छ। कोविड सम्बन्धि सरकारले सबै खर्च गर्दैछ। राज्यमा कोविड सम्बन्धि यस्तो कुनै पनि त्रास छैन, सरकारले पूर्ण गम्भीरतासित काम गरिरहेको मुख्यमन्त्री पीएस तामाङले बताएका छन्। उनले यसप्रकारको मन्तव्य पश्चिम सिक्किमको गेजिङ बर्मेक समष्टिमा आयोजित जिल्लास्तरीय ऋण मेला को कार्यक्रममा व्यक्त गरेका हुन।
सिक्किमको अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले ग्रामीणस्तरमा जनताको आर्थिक पुनर्जागरण गर्न राज्य सरकारले आज पश्चिम जिल्लाका मोठ 858 कृषकलाई कृषि ऋण प्रदान गरेर शुरुआत गरेको छ। जम्मा 28 करोड़ 66 लाख रूपियाँको विभिन्न योजनालाई लिएर कृषकलाई ऋण प्रदान गरिएको छ। आज क्योङ्सा विद्यालय परिसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट पश्चिम जिल्लाका आठ समष्टिबाट दुइ-दुइजनालाई टोकन चेक प्रदान गरि ऋण मेला अथवा कृषकलाई आर्थिक मजबुत गराउने कार्यक्रम रहेको थियो। यसै कार्यक्रममा राज्य सरकारका मुख्यमन्त्री पीएस तामाङले, विधानसभाका उपाध्यक्ष साङगे लेप्चा, कृषि वागवानी विभागका मन्त्री लोकनाथ शर्मा, विधुत विभागका मन्त्री एमएन सेर्पा, विधाकगण, विभिन्न विभागका अध्यक्ष, सल्लाहकार सिहत लिड ब्याङ्कका प्रतिनिधि, साथै लाभार्थीहरूको उपस्थिति थियो।
मुख्यमन्त्री पीएस तामाभले कृषि ऋण मेला विकास कार्यक्रम अगाडि गेजिङ जिल्ला अस्पतालमा जडान गरिएको कोविड जाँच गर्ने ट्रुनेट मसिनको अनलाइन उद्घाटन गरेका थिए। कोविड महामारीको कारण मुख्यमन्त्रीले अस्पतालमा पुगेर उक्त कार्यक्रम गर्न सकेनन्।
ऋण मेला कार्यक्रममा आउन अघि मुख्यमन्त्रीले गेजिङ सात माइल आइटिआइ कलेजमा बेकरीको उद्घाटन साथै जापानी भाषाको तालिमकेन्द्रको उद्घाटन गरेका थिए। पछि कार्यक्रममा मुख्यमन्त्रीले स्वास्थ्य केन्द्रमा उपचार गरिरहेका बिमारीलाई केही रकम प्रदान गरिने घोषणा पनि गरेका छन्। आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले कोविडले सिक्किमको अर्थतन्त्र एक वर्षपछि परेको छ, तर पनि सरकारले ग्रामीणस्तरमा अर्थतन्त्र बलियो बनाउन सरकारले काम गरिरहेको छ। कोविड सम्बन्धि सरकारले सबै खर्च गर्दैछ। राज्यमा कोविड सम्बन्धि यस्तो कुनै पनि त्रास छैन, सरकारले पुरै गम्भीरतासित काम गरिरहेको मुख्य मन्त्रीले बताएका छन ।कोविडसँग सरकारले महत्त्वपूर्ण कदम उठाएर सरकार जतिसुकै बेला गम्भीर रहेको बताए। मुख्यमन्त्री तामाङले स्वास्थ्य क्षेत्रमा सरकारले धेरै गम्भीरतापूर्वक लिएर काम गरिरहेको अनि अब उसो स्वास्थ्यमा लापरबाही सहन नगर्ने बताएका छन्। उनले भने, हाम्रो सरकार भनेको जनताको हितमा काम गर्ने अनि गरीब जनतालाई समर्पित गरेर कृषकलाई अब्बल बनाउने बचनलाई लिएर आएको सरकार हो। पूर्व सरकारले 25 वर्षमा नगरेको काम हामी गर्छौं त्यो पनि गुणस्तर रूपमा गर्छौ भनि मुख्यमन्त्रीले बताए। उनले शिक्षा क्षेत्रलाई सशक्त र गुणस्तर बनाउन मानव संसाधन जुटाउने काम गरिरहेको जानकारी दिए। वर्तमानमा 55 प्रतिशत मात्रै अनलाइन शिक्षा विद्यार्थीलाई हुँदै गरेको जानकारी दिँदै राज्यमा आइटीको व्यावस्था कमि भएको कारण ग्रामीण क्षेत्रमा विद्यार्थीले सहि शिक्षा प्राप्त गर्न नसकेको बताएका छन्। कृषि तथा वागवानी पशुपालन विभागको तत्वधानमा आयोजन गरिएको यो ऋण मेलामा जति लाभार्थीहरू छन, सबैले सकारात्मक रूपमा लिनुपर्ने ,काम गरेर यसलाई चुक्ता गर्ने अपिल गरेका छन्। ब्याङ्क भनेको आमा हो ,कसैले पनि आमा मार्ने काम नगर्ने अपिल मुख्यमन्त्रीले गरेका छन्। भारत सरकारको आत्मा निर्भर योजना अन्तर्गत यो ऋण पनि एक भाग पर्ने भएको कारण कृषकले उत्पादन गरेर ग्रामीणस्तरमा आमदामी वृद्धि गरेर आर्थिक पुनजागरण बलियो पार्ने आह्वान गरेका छन्। राज्यमा थाँतीमा रहेको कामहरू अब विस्तारै गरिन्दै जाने, गरीब आवस योजना अन्तर्गत निर्माण गरिने घर अब चाँडै गाउँमा पुग्ने मुख्यमन्त्रीले बताएका छन्।
मुख्यमन्त्रीले कोविड सँगै धेरै ज्ञान लिनुपर्छ, यो महामारीसँग बाँच्न सिक्नुपर्ने सुझाउ राखे । उनले व्याक्तिगत फाइदाको निम्ति एसकेएम पार्टी नआएको तर बताउदै सिक्किमको जनताको सकारात्मक एजेन्डा लिएर आएको बताए । उनले अझ भने, पवन चामलिङ मेरो व्याक्तिगत दुश्मन होइन ,सैद्धान्तिक दुश्मन मात्रै हो । अब लकडाउन, बन्दबाट हरेस भएर हुँदैन अब विभिन्न सेक्टरमा काम गर्नपर्नेछ, यसलाई एकापटी राखेर विकासको काम गरिने मुख्यमन्त्रीले बताएका छन् । कार्यक्रममा कृषि मन्त्री लोकनाथ शर्मा, साथै जिल्लापाल कर्मा आर बोन्पोले पनि सम्बोधन गरेका थिए ।(केएन शर्मा )

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!