महामारीमा चिनियाँ व्यवसाय र नेपालीसँगसँगै कठिनाइको सामना
हाल नेपालमा कोभिड-१९ महामारी फैलिँदैछ। नेपालका रहेका चिनियाँ व्यवसायले सक्तो रूपमा नेपालीहरुलाई विविध सहयोग पुर्याउँदै आएका छन्।
हिमालय एयरलाइन्स तिब्बत नागरिक उड्डयन विकास र लगानी लिमिटेड कम्पनी र नेपाली स्नोम्यान ग्लोबलको संयक्त लगानीको कम्पनी हो। बेल्ट एण्ड रोड कार्यक्रमअन्तर्गत तिब्बतले नेपालमा लगानी गर्ने महत्वपूर्ण व्यवसायको हैसियतले महामारीको अवसरमा हिमालय एयरलाइन्सले सक्रिय रूपमा महामारी विरूद्ध सामग्रीको ढुवानी कार्य वहन गरेको छ। नेपालमा महामारी गम्भीर हुँदा चीनका विभिन्न पक्षले नेपाललाई ठूलो मात्राका चिकित्सा आपूर्ति सहयोग स्वरूप प्रदान गरेका छन्। हिमालय एयरलाइन्सले सुरक्षित, कुशल तथा सहज हवाई यातायात संचालन गरेको छ। महामारीले दुई देशको आदानप्रदान रोक्न सक्दैन। हिमालय एयरलाइन्सबाट खुलिएको वायु सिल्क रोडले चीन र नेपालका जनताको मित्रतालाई हिमालय पार गरेर अझ घनिष्ट पार्ने आशा हिमालय एयरलाइन्सका सभापति चौ एनयुङले गर्नुभएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हो। सन् २०१८ मा चीन उड्डयन टेक्नोलोजी इन्टरनेशनल ईन्जिनियरिङ कम्पनी लिमिटेडअन्तर्गत नेपाली शाखाले रनवे र पक्कसी सडकको मर्मत परियोजना सुरू गरेर सन् २०१९ मा सम्झौताबाट निश्चित अवधिभन्दा १२८ दिनअघि नै परियोजना पूरा गरेको छ। हाल उक्त कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्टेशन र पक्की सडकको विस्तार परियोजना र अरू दुई विद्यालयको पुनःनिर्माण परियोजना गरिरहेको छ। हाल महामारीको समय हुनाले ती परियोजनाहरू बाध्यतामा स्थगित भएका छन्। जुन महिनामा नेपाल सरकारले क्रमशः लकडाउन खुकुलो बनाएको छ। सुरक्षित पूर्वाधारमा उक्त कम्पनीले तुरून्तै रूपमा पुनःकार्य तथा निमाण सुरू गरेको छ।
महामारीपछि आर्थिक सोधभर्ना तथा शिक्षाको विकासका लागि विद्यालय र विमानस्थलको निर्माण ज्यादै महत्वपूर्ण छ। त्यसैले नेपाल सरकारको आह्वानबमोजिम कम्पनीले सक्दो प्रयासमा पुनः कार्य तथा निर्माण सुरू गरेको छ। जसले नेपाललाई योगदान दिनुका साथै नेपाल सरकारका सामु देखापरेको रोजगार समस्यालाई कम पार्ने आशा कम्पनीका प्रबन्धक हान खछ्याङले व्यक्त गर्नुभएको छ।
काठमाडौं उपत्यकामा खाने पानीको अभाव समस्या छ। नेपाल सरकारले गत शताब्दीदेखि मेलम्ची खाने पानी परियोजनाको योजना बनायो। तर बीस वर्षमा विविध कारणले उक्त परियोजना पूरा हुन सकेको छैन। सन् २०१९ अक्टोबरमा चीन पावर निर्माणले उक्त परियोजनाको बाँकी काम निर्माण गर्नथालेको छ। महामारीको रोकथाम तथा नियन्त्र र सुरक्षाको प्रत्याभूतिमा सबै कर्मचारीहरूको साझा प्रयासमा निर्धारित योजनाभन्दा तीन महिनाअघि सुरुङको निर्माण पूरा भएको जानकारी परियोजनाका उपप्रबन्धक वाङ वैले दिनुभएको छ। भविष्यमा अझ प्रयास गरी काठमाडौं र वरिपरि शहरका बासिन्दालाई छिटो सकेसम्म सफा पानी दिने कुरा उहाँले व्यक्त गर्नुभएको छ।
तपाइँकाे प्रतिक्रिया
