Loading... आजः शनिबार , श्रावण १२, २०८१

महामारी विरूद्धसम्बन्धी चीनको अनुभव विश्वसम्म फैलिरहेको


मार्च १२ तारिख मध्यरात विश्व स्वास्थ्य संगठनले कोभिड-१९ विश्वव्यापी रुपमा महामारी बनेको घोषणा गरेको थियो। बाह्र तारिख दिउँसो तीन बजे पचास वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनका प्रनितिधि सहभागी एक विशेष सम्मेलन चीनमा आयोजना भएको थियो तत्स्थान चीनले सबैलाई महामारी नियन्त्रणसम्बन्धी प्रश्नको उत्तर दिएको थियो। साथै चीनले सहभागीलाई क्युआर कोड प्रदान गरेको छ जसबाट त्यसलाई स्क्यान गरेर चीनको पछिल्लो उपचार उपाय र नियन्त्रण योजना, अध्ययनका पछिल्लो उपलब्धि, चीनका विभिन्न प्रान्तका महामारी नियन्त्रण प्रतिवेदनलगायतका अंग्रेजी संस्करण पाउनसकिन्छ।

केही दिनयता चिनियाँ विशेषज्ञले आशियानका दश मुलुक, मध्य एशियाका छ मुलुकलगायत विशेषज्ञसँग भिडियो बैठकको आयोजना गरी छलफल गरेका छन्। हाल झनै बढी मुलुकले सामाजिक प्रणालीका कदम चालेर महामारीको विरूद्ध काम गर्न थालेका छन्।

मार्च १२ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिन फिङले संयुक्त राष्ट्र संघका महासचिव आन्टोनियो गुटेरेससँग टेलिफोन गरी चीनले सम्बद्ध मुलुकसँग महामारी नियन्त्रणको अनुभवबारे शेयर गर्ने इच्छा लिएको बताउनुभयो। उक्त महत्वपूर्ण चिनियाँ अनुभव नै मानव भाग्य समुदाय विचारबारे चीनको फेरि एक पटकको अभ्यास हो साथै चीनको जिम्मेवार ठूलो मुलुकको आचरण र जिम्मेवारी पनि देखिएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!