Loading... आजः शनिबार , श्रावण १२, २०८१

महिनादिन नपुग्दै १२ पटक प्रहरीमाथि ईण्डियनले गरे अाक्रमण


भारतीय नागरिकले फेरि पनि नेपालको सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीको अस्थायी पोस्टमा शनिबार राति आक्रमण प्रयास गरेका छन्। झापाको दक्षिणी सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेका छन्। अप्रिल चाैध तारीखदेखि यता यो बाह्रौं अाक्रमण हो।

शनिबार साँझ ८ बजेको समयमा नेपाल भारत सीमामा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको टोली माथि करिब २ सयको संख्यामा आएका भारतीयले आक्रमणको प्रयास गर्न खोजेपछि सशस्त्र प्रहरी प्रतिकारमा हवाई फायर गरेका हुन्।

कचनकवल १ घेराबारीस्थित १२५ र १० नम्बरको सीमा पिलर नजिकै रहेका सशस्त्र प्रहरीलाई भारतीय नागरिकले आक्रमण गर्ने प्रयास गरेपछि एक राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वार्टर झापाका प्रमुख रेशम कुमार थाक्सुले जानकारी दिए। हवाई फायर गरेपछि भारतीय भागेका थिए।

Insert your Ads code here

आक्रमणको विषयमा भारतीय एसएसबीसँग आइतबार छलफल गर्ने थाक्सुले बताए। नेपालतर्फको जमिनमा भारतीयले लगाएको खेती पाकेकाले गर्दा उक्त खेती उठाउन पाऊँ भन्दै भारतीयहरुले सीमा क्षेत्रमा बसेका नेपाली सुरक्षाकर्मी माथी पटकपटक आक्रमणको प्रयास गर्दै आएका छन्।

शनिबार रातिको पनि खेतीकै कारण हुन सक्ने थाक्सुले बताए। योभन्दा केही दिन अघि झापा गाउँपालिका – ४ स्थित सुकुमबासी बस्ती नजिक रहेको १३१ नम्बर सीमा पिलरमा नजिकै सयौँको संख्यामा आएका भारतीयलाई नेपाल छिर्नबाट रोक्नका लागि सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गर्न बाध्य भएको थियो। त्यसको भोलिपल्ट भारतीय एसएसबीको छलफलपश्चात भारतीयहरूले माफी मागेकाेे अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!