Loading... आजः आइतबार , बैशाख ९, २०८१

महिला अधिकार ः लैङ्गिक समानता र महिला सशक्तीकरण


                        ✍️ बसन्तराज अधिकारी

१. सारांश (Abstract)

महिला आधा आकाश ढाक्ने एउटा बिशाल मानव समूह हो । घर परिवार राष्ट्र र अन्तर्राष्ट्रिय सम्म महिला वर्गको क्षेत्र व्यापक रहेको छ । मानव जातीलाई सृष्टि र पालन गर्ने महान आदर्श पात्र महिला नै हुन् । ब्रह्मा, बिष्णुको नाम पितृसत्तात्मक पुरुष समाजको काल्पनिक सोंच र चिन्तन मात्र हो । महिला आमा हुन् दिदी बहिनी हुन् साथी हुन् सहधर्मिनी र जीवनसाथी हुन्, यश प्रकार महिला सम्पुर्ण हुन् । वेदमा भनिएको छ ( महि. पृथ्वी, ईला. आदि माता, पृथ्वी आदिमाता त्यसैले महिलालाई धर्ती माता वा “महिला शक्ति“ पनि भनिन्छ । अर्थात् सम्पुर्णतामा नियाल्ने हो भने देवी सप्तशती चण्डी मन्त्रहरुमा ( “या देवी सर्वभुतेषु मातृरुपेण संस्थिता‘‘“ भनि महिलाको महिमा मुक्त कण्ठले गायन गरिएको पाईन्छ । तर, पनि किन हामीले, हाम्रो समाजले महिलाको यश व्यापकता, महानता र गौरवतालाई स्वतःस्फुर्तरुपमा स्वीकार्न सकेको छैन । महिलालाई केवल पुरुषको सहायकको रुपमा हेर्ने प्रवृत्ति, पारिवारिक, सामाजिक भेदभाव, कानुनी विभेदको अवस्थाले यस्तो स्थितिको सिर्जना गरेको हो । सुर्यले प्रकाश दिन्छन्, उनी स्वयं आफ्नो प्रकाशवाट न्यानो त लिंदैनन् । यस्तै गरि अग्नि ताप दिन्छन् धर्तीमाता संरक्षण, अन्न जल प्रदान गर्छिन् यस्तै स्वरुपवाट महिला मानवलाई जीवन दिन्छिन् । यिनैले हामी र हाम्रो समाजलाई दिएको प्रेम, ममता, सहारा, सहयोग, सद्भाव, सदगुण र समन्वय भावनाले नै यो सृष्टिमा मानव सबै प्राणिभन्दा उत्तम रीतिले सभ्यता बनाईरहेछ । अन्यथा, मानव अरु हिंस्रक पशु भन्दा कहाँ कम छ र ?

विश्वका विकशित मुलुकहरू जुन हामी सँगै बिकासको पथमा उन्नाइसौं शताब्दीमा बामे सर्न थालेका थिए, आज कहाँबाट कहाँ पुगिसके । हामी अझै पछि पर्नु हिन्दी कहावत “नौं दिन चले अढाई कोष“ को अवस्थावाट गुज्रिएको हुनु दुरभाग्यको कुरा हो । महिला अधिकारको सुनिश्चितता, महिला सम्बन्धि कल्याणकारी योजना बिस्तार गरिनुपर्ने, महिलाको पहुँच, महिला जागरण र सचेतना, महिला सहभागिता, स्रोत र साधनहरुमा महिलाको नियन्त्रण, सम्पत्तिमा महिलाको स्वामित्वको अवस्था पुर्णतः न आउँदासम्म हाम्रो सर्वाङ्गिण विकास किमार्थ सम्भव हुन सक्दैन । तसर्थ, यश बिषयमा राज्यले बढी गहनताका साथ जिम्मेवार भएर अवधारणा तयार गर्नु, योजना गर्नु, कार्यक्रम कार्यान्वयन गर्नु, प्रतिफल लक्ष्यित समुदाय र वर्गले प्राप्त गरेरनगरेको अनुगमन मुल्यांकन गरि सुधारका उपाय सहितको प्रतिवेदन तथा सिफारिस गर्ने जस्ता कार्यहरु अआफ्नो क्षेत्राधिकार भित्र संघ, प्रदेश र स्थानीय सरकारले गरिरहनु पर्दछ । सामाजिकआर्थिक तथा मानव विकासको सूचकांक उच्चतम रुपमा हाँसिल गर्नु आजको विकासको प्रमुख चुनौतीपूर्ण अवस्थामा रहेको छ ।

Insert your Ads code here

यश लेखमा मुलतः महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणका बिषयका सन्दर्भमा चर्चा गरिएको छ । साथै महिला बिकास सम्बन्धि अपनाइएको शैलीहरु जुन स्थानीय तहले मार्गदर्शनका रुपमा लिन सकिने र बिश्वब्यापी महिला आन्दोलन अभियानका केही उल्लेखनीय बुँदाहरु टिपिएका छन् । निष्कर्षमा महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणमा जोड दिएर प्रस्तुत गरिएको छ ।

२. लैङ्गिक ( Gender ) भनेको के हो ?

महिला र पुरुष बिचको जैविक भिन्नता वा महिला र पुरुष विच रहेको प्राकृतिक नैसर्गिक भिन्नतालाई लिङ्ग (Gender) भनिन्छ । जीव बिज्ञानका दृष्टिकोणवाट गरिएको बनावट, हर्मोन क्षमता, बच्चा जन्माउने शक्ति जस्ता गुणहरु जुन महिला र पुरुष बिच हुने भिन्नतालाई लिङ्ग (Sex) भनिन्छ ।

“Genderæ refers to the socially constructed roles and responsibilities a women and a given culture and location.“ These roles are influnced by perceptions and expectations arising from cultural, political, environmental, economic, social and religious factor as well as custom, law, class, ethinticity and individual or institutional bias. Gender attitudes and behaviours are learned and can be changed.

यसप्रकार लिङ्गको कारणवाट महिला र पुरुषमा गरिने सांस्कृतिक, राजनीतिक, वातावरणीय, आर्थिक, सामाजिक र धार्मिक भेदभावपुर्ण व्यवहारको अध्ययन लैङ्गिक (Gender) मा गरिन्छ ।

३. समाजमा विद्यमान लैङ्गिक विभेद ः

३.१ धार्मिकरसांस्कृतिक ः महिला मात्रले मान्नुपर्ने केही बिशेष धार्मिक व्रत, पुजा पाठ जस्ता सांस्कृतिक मुल्य ( मान्यता, धार्मिक रूपमा महिलाहरू लाई बढी धर्म परायण बनाउन खोजिएको छ । सांस्कृतिक स्वरुपमा प्रथा परम्परा र प्रचलनहरु विभेदकारी रुपमा रहेका छन् । धर्मका नाममा अन्धविश्वास र कुरीतिहरु पर्याप्त रहेका छन् ।

३.२ राजनीतिकर कानुनी ः पुरुष प्रायः राज्यको सर्वोच्च शक्ति वा राष्ट्रिय राजनीति तर्फ अग्रसरता हुन्छन् परन्तु नेपालको संविधान, २०७२ को कार्यान्वयनको दोस्रो चरणमा महिलालाई राष्ट्रपति बनाई मुलढोका खोलेको साथै महिला ( मैत्री संविधानको निर्माण भएपनि कार्यान्वयन तहमा अझै धेरै कार्य गर्नुपर्ने अवस्थाको बिद्यमानता छ । अधिकांस महिला स्थानीय र घरायसी काम तर्फ बढी जिम्मेवार हुन्छन् । राजनीतिक नेतृत्व र समाजले पुरुषलाई नै प्रमुख स्थान दिईएको छ । बि.सं.२०७४ को ऐतिहासिक संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा अधिकांश महिलालाई समानुपातिक र उपप्रमुखको जिम्मेवारीमा सिमित गर्नु यसको ज्वलन्त उदाहरण हो । राजनीतिक नेतृत्व नै महिलाप्रति हालसम्म अनुदार तथा अनुत्तरदायी देखिन्छ ।

३.३ सामाजिक ः पुरुष घरको मुख्य व्यक्ति हुने, महिला जुनसुकै उमेरमा पनि पुरुषको अधिनस्त हुने, हरेक सामाजिक क्रियाकलापमा पुरुषकै उपस्थिति ग्राह्य र प्रमुख स्थान दिईन्छ । सामाजिक व्यवहारहरु लैङ्गिक(मैत्री हुन नसकिरहेको अवस्था छ ।

३.४ आर्थिक ः आर्थिक स्रोत र साधनमा पुरुषको नियन्त्रण हुन्छ । उत्पादन , संरक्षण, भण्डारण, बजारसम्म ढुवानी गर्ने लगायतका कार्य महिला द्वारा गराईन्छ । उत्पादित सामग्रीको बिक्रिवाट प्राप्त लाभको एकलौटी हकदार पुरुष मात्र हुन्छ । सम्पत्तिमा बंशानुगतरुपवाट परम्परादेखी नै छोरालाई एकलौटी अधिकार रहेको छ । महिला वर्गको आर्थिक अवस्था कमजोर तथा दयनीय रहेको अवस्था छ ।

३.५ शैक्षिक ः अधिकांश पुरुष उच्च तथा गुणस्तरीय शिक्षाको अवसर पाउँछन् । महिलाहरू पुरुषको तुलनामा न्यून वा वञ्चित हुन्छन् । खाशगरी शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रका बिपन्न महिलाहरू शैक्षिक अवस्थावाट पछाडी पारिएका छन् ।

यसरी समाजमा एउटै श्रोत, साधन, अवसरवाट प्राप्त लाभहरु पुरुष वर्गले बढी तथा महिला वर्गले न्यून रुपमा प्राप्त गर्ने हुँदा सांस्कृतिक, धार्मिक, राजनीतिक, कानुनी, सामाजिक, आर्थिक, शैक्षिक, परिवेशका कारण महिला तथा पुरुष वर्ग बिच कामको फरकपन, श्रोत, साधन, अवसर, पहुँच, लाभको क्षेत्रमा हुने भिन्नता र यस्ता साधन र स्वामित्वमा हुने भेदभावले गर्दा समाजमा महिला र पुरुष बिचको भुमिका, उत्तरदायित्व, अवसर र पुरस्कारको वितरणमा समेत हुन आउने परिकल्पनालाई लैङ्गिक असमानता भनिन्छ भने यसको विपरीत यी बिषयहरुमा लिङ्गको कारण भेदभाव नगरी समान हुनुलाई नै लैङ्गिक समानता भनिन्छ ।

४. लैङ्गिक समानताका लागि आधारभुत तत्व ः

४.१ समान र गुणस्तरीय शिक्षा
४.२ सामाजिक चेतना
४.३ महिलाहरूलाई राजनीतिक उच्च तहमा समानुपातिक सहभागी
४.४ महिलाहरूलाई सामाजिक सम्पुर्ण क्षेत्रमा समानुपातिक सहभागी
४.५ महिलालाई सम्पत्तिमा अधिकार
४.६ महिलालाई आयमुलक रोजगारीमा संलग्न
४.७ महिलालाई प्राबिधिक ज्ञान, शिक्षा प्रदान
४.८ महिलालाई सीप र दक्षतामुलक कार्यमा सहभागी
४.९ राज्यका रक्षा ( सुरक्षा र प्रशासनिकरसरकारीरसामुदायिकरसंघरसंस्थानरगैरसरकारीरनिजी सम्पूर्ण रोजगारीका क्षेत्रमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था
४.१० स्वास्थ्य सेवामा महिला, बालबालिका स्वास्थ्यमा उच्च प्राथमिकता प्रदान गर्नु ।

५. महिला सशक्तीकरण (Women Empowerment)

सशक्तीकरणको अर्थ आत्मबल, सम्मान वा स्वाभिमान सम्पन्न बनाई स्वतस्फूर्त रुपमा सक्रिय सहभागिताको अवस्था हो । महिला सशक्तीकरण भन्नाले महिला बर्गलाई सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक अधिकारमा राज्यवाट कुनै पनि प्रकारको भेदभाव नगर्ने अवस्थालाई संकेत गर्दछ । सामाजिक प्रतिष्ठा, आर्थिक सवलिकरण, राजनीतिक अधिकार, सांस्कृतिक मुल्य ( मान्यतावाट महिला बर्गलाई समृद्ध, स्वाभिमानी बनाउनु नै सशक्तीकरण गर्नु हो । महिला सशक्तीकरण गर्नु भन्नुको अर्थ महिलालाई पुरुष सरह बनाउने भन्ने कदापि होईन बरु महिलाको पहिचान, आत्मोन्नती, आत्मगौरव र स्वाभिमानको स्थान प्रदान गर्नु हो । महिला सशक्तीकरण बहुआयामिक प्रक्रिया हो ।

६. महिला सशक्तीकरण भएमा देखिने अवस्थाहरु ः

६.१ आफ्नो कर्म वा भाग्यको निर्माण स्वयं गर्न सक्ने,
६.२ आफ्नो श्रोत, साधन माथी आफ्नो अधिकार कायम गरि स्वनिर्णय गर्न सक्ने
६.३ अर्काको दबाबमा नरही समानता, सहयोग, सद्भाव र समन्वय वातावरण कायम गर्न सक्ने
६.४ समानरुपमा मानव अधिकारको उपयोग गर्न सक्ने,
६.५ महिलाको परम्परागत ज्ञान, सीप, शक्तिलाई सामाजिक बिकासमा परिचालन हुने
६.६ बिबाह, प्रजनन तथा आफ्नो शरिर माथिको अधिकार स्वयंलाई हुने
६.७ समानतामुलक शिक्षाको अधिकार प्राप्त हुने,
६.८ सचेतना बिकास र समान अधिकारको उपयोग
६.९ आर्थिक क्रियाकलापमा महिलाहरुको श्रमको उचित मुल्यांकन र मान्यता
६.१० पारिश्रमिक ज्यालामा समानता र रोजगारीका सुरक्षीत वातावरणको सिर्जना
६.११ श्रमको प्रतिफल, उपयोग र लाभको वितरणमा समान अधिकार,
६.१२ सामाजिक, प्रशासनिक तथा राजनीतिक सम्पुर्ण तहमा महिला प्रतिनिधित्वको सुनिश्चितता ।

महिला मुक्ति आन्दोलन पश्चात् विशेषतः सन् १९८० पछिका बर्षहरुमा महिला सशक्तीकरण शब्द व्यापक रुपमा प्रयोगमा आएको छ । यसवाट सामाजिक परिचालन, सम्पत्ति, जनजिविका, शान्ति सुरक्षा, सम्बन्धविच्छेद, शिक्षा र अन्य वातावरणमा सशक्त बनाउने, महिलाहरू प्रति हुने परम्परागत धारणामा परिवर्तन गर्ने, सामाजिक एवम् राजनीतिक शक्ति केन्द्रहरूमा महिलाको पहुँच बढाउने जस्ता कुराहरू यश अन्तर्गत पर्दछन् ।
क्रमशः

स्रोत सामग्री ः

१. महिला अधिकार बर्ष १ अंक १ पुर्णाङ्क १, २०६५ फागुन प्रकाशक ः नेपाल सरकार, राष्ट्रिय महिला आयोग, भद्रकालीप्लाजा, काठमाण्डौंको बार्षिक मुखपत्रमा प्रकाशित “महिला अधिकारः लैङ्गिक समानता र महिला सशक्तीकरण“ बिषयक आफ्नै लेख परिमार्जन सहित परिमार्जन मिति ः २०७७(०६(१७ शनिबार ।

२. “जागीरे ( यात्रा“ सिर्जनाहरुको सङ्गालो, २०७० मा संग्रहवाट साभार

लेखकः

✍️ बसन्तराज अधिकारी
उपसचिव, नेपाल सरकार
हाल ः कामकाज ( प्रमुख प्रशासकीय अधिकृत
राजापुर नगरकार्यपालिकाको कार्यालय
राजापुर, बर्दिया ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!