महिला सैनिक मात्रको गोरखकाली गुल्म स्थापना
नेपाली सेनाको इतिहासमै पहिलो पटक महिलामात्र रहेको गोरखकाली गुल्म स्थापना गरेर नेपाली सेनाले अन्तर्राष्ट्रिय अभ्यासलाई पनि आत्मासाथ गरेको छ। नेपाली सेनाले अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मासाथ गर्दै २०६० बाट महिलालाई प्राविधिकको रुपमा भर्ना शुरु गरेको थियो। महिलालाई प्राविधिकको रुपमा भर्ना शुरु गरेको नेपाली सेनाले पहिलो पटक १४ वर्षपछि विधिवत् रुपमा महिलालाई मात्र समेटेर गोरखकाली गुल्म स्थापना गरेको छ।
मुलुक संघीय संरचनामा रुपान्तरण भएसँगै नेपाली सेनाले पनि समावेशीकरण र समान अधिकारको सिद्धान्तलाई आत्मासाथ गरेको छ। मुलुक संघीय संरचनामा रुपान्तरण भएसँगै नेपाली सेनाले पनि समावेशीकरणको सिद्धान्तलाई आत्मासाथ गरेको गुल्मपति सुमित्रा खत्रीको भनाइ छ। २०७४ साउन १ गतेबाट स्थापना भएको महिलामात्र रहेको गोरखकाली गुल्ममा हाल एक सय ८२ जना जवान (नफ्रि) रहेका छन्। २०६० मा नेपाली सेना प्रवेश गरी अन्य सैनिक सरह तालिम र कार्यका साथै शान्ति सेनामा समेत आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी हाल महिला गुल्ममा प्रमुखको भूमिका निर्वाह गर्दा धेरै कुरा सिक्न पाएको गुल्मपति खत्रिको भनाइ छ।
अन्य सैनिक, गुल्म, र पृतनाले जस्तै विशिष्ट व्यक्तिको सुरक्षादेखि यस गुल्मले सबै काम महिलाबाटै गर्ने, गराउने गरेको र अन्य गुल्म, गण र पृतनाभन्दा कत्तिपनि कमी नभएको सिपाही रोशनी चौलगाईँको भनाइ छ। नेपाली सेनाले अन्तर्राष्ट्रिय अभ्यास र मुलुकको बदलिदो परिवेशलाई आत्मसाथ गर्दै महिला मात्रको गोरखकाली गुल्म स्थापना गरेर इतिहास रच्न सफल भएको छ। तर, आगामी दिनमा नेपली सेनाले यस गोरखकाली गुल्मलाई गण र पृतनामा विकास गर्छ या गर्दैन भविष्यमा देखिने नै छ।
तपाइँकाे प्रतिक्रिया
