Loading... आजः शनिबार , श्रावण १२, २०८१

महेन्द्र बहादुर पाण्डे चीनकालागि राजदूत नियुक्त


राष्ट्रपति विद्यादेवी भण्डारीले महेन्द्रबहादुर पाण्डेलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको राजदूतमा नियुक्त गरेकी छन्।

राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संविधानको धारा २८२ अनुसार पाण्डेलाई चीनको राजदूतमा नियुक्त गरिएको जनाएको छ।

तत्कालीन राजदूत पौड्याल फिर्ता भएसँगै चीन र नेपालबीच कूटनीतिक रिक्तता रहँदै आएको थियो। औपचारिक रूपमै पाण्डेले राजदूतको नियुक्ति पाएसँगै अब यो रिक्तताको अन्त्य भएको छ।

Insert your Ads code here

सरकारले गत फागुन १८ गते लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेलाई चीनका लागि आवासीय र उत्तर कोरिया तथा मंगोलियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो।

त्यसपछि संसदीय सुनुवाइ समितिले राजदूतमा पाण्डेको नाम अनुमोदन गरेको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!