Loading... आजः शनिबार , श्रावण १२, २०८१

माईतीघर मण्डलामा एमसिसि विरुद्ध विरोध सभा


अाज मिति २०७६ माघ ११ गते काठमाण्डाै स्थित माईतिघर मण्डलामा एम सि सि खारेजीको माग राखी बिभिन्न राजनीतिक पार्टी तथा सङ्घ संस्थाहरुको सहभागिता सहित एम सि सि खारेज अभियान २०७६ को मूल अायोजनामा अायोजित विरोध सभा भब्य रुपमा सम्पन्न भएको छ।

अभियानका अध्यक्ष नारायण शर्माको मन्तब्य सहित अध्यक्षता र अार सी न्याैपानेको संचालनमा सम्पन्न उक्त सभामा क. सिपी मैनाली, घनश्याम शर्मा पाैडेल, लोक कृष्ण भट्टराई, बोर्ण बहादुर कार्की, साध्य बहादुर भण्डारी, नरेन्द्रजङ्ग पिटर, हरिकृष्ण गजुरेल, एकराज भण्डारी, भरत शाही, भावना विद्रोही, अशोज महर्जनले एम सि सि तथा राष्ट्रियता विषयमा मन्तब्य राख्नु भएको थियो। उक्त कार्यक्रममा राष्ट्रियताले अोत पोत भएका गीत प्रश्तुत हुनुका साथै शोभा जीले कविता बाचन गर्नु भएको थियो। विरोध सभामा स्वनाम साथी लगायत विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तितवहरुको साथै अाम जनताको बाक्लो उपश्थिति रहेको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!