Loading... आजः बुधबार , फाल्गुन ७, २०८१

माओवादीबाट राजापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख शिव र मधुवनकी उपप्रमुख शुभरानी थारु एमालेमा प्रवेश


माओवादीबाट राजापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख शिव र मधुवनकी उपप्रमुख शुभरानी थारु एमालेमा प्रवेश

 

 

मिन अधिकारी, राजापुर । नेकपा एमाले राजापुरमा आयोजना गरेको संघीय निर्वाचन क्षेत्र स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा राजापुर नगरपालिका निवर्तमान नगरप्रमुख तथा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य शिव प्रसाद थारु (प्रतिक) मधुवन नगरपालिकी नगर उपप्रमुख शुभरानी थारु (चेतना), प्रदेश कमिटि सदस्य सुरेश कुमार भुल र शान्ति चौधरी, अन्जना, राजापुर नगरपालिका वडा नं. ५ का पूर्व वडाध्यक्ष तथा प्रदेश कमिटी सदस्य राम बहादुर थारु लगायतका नेता तथा कार्यकर्ताहरुले माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । एमाले महासचिव शंकर पोखरेलले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नु भएको छ ।

Insert your Ads code here

कार्यक्रममा राजापुर मधुवन र ठाकुरबाबाबाट नेपाली कांग्रेस र समाजवादी पार्टीबाट ४/४ जना राप्रपा, जसपाबाट १ /१ जना गरी करिब १ सय बढीले पार्टी प्रवेश गरेको नेकपा एमाले पार्टी कार्यालय बर्दियाका सचिव अंगद श्रेष्ठले जानकारी दिनु भयो । पार्टी प्रवेशगर्दै पूर्व राजापुर नगरपालिकाका मेयर चौधरीले आफुले भूमिगत कालदेखि नै पार्टीलाई धेरै सहयोग गरेको, श्रीमती गुमाउनु परेको पिडा रहेपनि स्थानीय तहदेखि उपल्लो तहसम्म्म पार्टीमा अपहेलित भएर बस्नु पर्ने बध्यता कै कारण आफु पार्टीमा विद्रोह गरी एमाले प्रवेश गरेको वताउनु भएको छ ।

कार्यक्रममा प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल, संघीय सांसद विमला विक, केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज लक्ष्मणराज ज्ञवाली, सह इन्चार्ज शोभा ज्ञवाली, केन्द्रिय सदस्य तथा कैलाली जिल्ला सह इन्चार्ज गौरीशंकर चौधरी लगायत केन्द्रिय तथा प्रदेश स्तरीय नेता कार्यकर्ता, विभिन्न भातृसंगठनका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । क्षेत्रले आयोजना गरेको कार्यक्रम नेकपा एमाले राजापुर नगरकमिटिले ब्यवस्थापनमा गरेको हो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!