युनिक नेपाल बर्दियाको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज नगर समिति राजापुरको समन्वयमा बर्दिया उद्योग वाणिज्य सङ्घको प्राङ्गणमा माघ २० गते रक्तदान कार्यक्रम हुने भएको छ !
पत्रकार सम्मेलन मार्फत नेपाल स्वयंसेवी रक्तदाता समाजको १८औ वार्षिक उत्सवको उपलक्ष्यमा माघ २० गते का दिन युनिक नेपालको आयोजनामा बृहत रक्तदान कार्यक्रम युनिक नेपालको केन्द्रीय कार्यालय जोतपुर बर्दियामा हुने भएको नेपाल स्वयसेवी रक्त दाना समाज राजापुर का अध्यक्ष लोक राज दुंगानाले जानकारी दिनु भएको छ अध्यक्ष दुगाना ले सम्पूर्ण रक्तदाता ज्यूहरूमा रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरी सहयोग गरिदिनुहुन अनुरोध अपिल गर्न भएको छ ।