Loading... आजः शनिबार , श्रावण १२, २०८१

माछापुच्छ्रे बैंकद्वारा नेपालमै पहिलोपटक ‘वि च्याट वालेट’ को भुक्तानी सुरु


माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक ‘वि च्याट’वालेटको भुक्तानी सेवा भित्र्याएको छ। नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनियाँ पर्यटकहरुलाई लक्षित गर्दै ‘वि च्याट’वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको नेपाल खबर अनलाइनले लेखेको छ।

उक्त सम्झौता पश्चात नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंक लिमिटडसँग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरे वापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि ‘वि च्याट वालेट’ बाट भुक्तानी गर्न सक्नेछन्। माछापुच्छ्रे बैंकले ‘फर्ट पे टेक्नोलोजी प्रालि सँगको सहकार्यमा उक्त ‘वि च्याट वालेट’सञ्चालनमा ल्याएको हो।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पूर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पीओएस मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!