Loading... आजः शनिबार , श्रावण १२, २०८१

माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंकलाई प्रस्ताव


१ हजार ४० मेगावाटको अर्धजलाशययुक्त आयोजना माथिल्लो अरुणमा लगानी गर्न नेपालको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विश्व बैंकलाई प्रस्ताव गरेको छ। विश्व बैंकका नेपाल निर्देशक फारिस जार्भोससँग बुधबार भएको भिडियो संवादमा ऊर्जा मन्त्री वर्षमान पुनले आयोजनामा लगानीको लागि प्रस्ताव गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

सरकारले यो वर्षको नीति तथा कार्यक्रममा माथिल्लो अरुणलाई अघि बढाउने उल्लेख गरेको छ। मन्त्री पुनले सरकारले यो आयोजनालाई उच्च प्राथमिकतामा राखेको भन्दै वित्तीय व्यवस्थापनको नेतृत्व लिन विश्व बैंकलाई आग्रह गर्नु भएको हो। माथिल्लो अरुणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि विश्व बैंकको सहयोगमा भइरहेको छ। डीपीआर तयारी अन्तिम अवस्थामा रहेको मन्त्री पुनले जानकारी दिनुभयो।

पुनसँगको संवादमा विश्व बैंकका नेपाल निर्देशक फारिद जार्भोसले प्रस्तावलाई उच्च व्यवस्थापनसम्म पुर्‍याउने प्रतिबद्धता जनाएको मन्त्री पुनको सचिवालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ। सरकारले नेपाल विद्युत प्राधिकरणमार्फत कम्पनी मोडेलमा माथिल्लो अरुण जलविद्युत आयोजना निर्माण अघि बढाउने सैद्दान्तिक निर्णय यसअघि नै गरिसकेको छ। प्राधिकरणको सहायक कम्पनी अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीले उक्त आयोजना निर्माणको जिम्मा पाएको छ।

Insert your Ads code here

उक्त आयोजनामा प्राधिकरणको ७८ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, आयोजनाका कर्मचारीको ५ प्रतिशत र अपाङ्गता भएका नागरिकहरुको २ प्रतिशत लगानी रहने छ।

माथिल्लो अरुण आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब भन्दा बढी लागत लाग्ने अनुमान छ। विश्व बैंकले यसअघि माथिल्ले अरुणका लागि १४ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको सहुलियत ऋण दिने प्रतिबद्धता जनाइसकेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!