Loading... आजः शुक्रबार , असार ६, २०८२

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समिति पुर्न गठन


बर्दिया राजापुर
बिहीबार राजापुर नगरपालिकाकामा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समिति पुर्न गठन गरीएको छ ।
राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारुको अध्यक्षतामा बसको बसेको राजापुर नगरपालिकाका मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिको संयोजक दिपेश थारु रहने गरी १९ सदस्य समिति गठन गरीएको हो ।
बैठकमा नगर प्रमुख दिपेश थारुले राजापुर क्षेत्रमा मानव बेचबिखन तथा ओसार पसार घटनाहरु घटेका सुचना प्राप्त नभएको भएतापनि यस्ता घटना हुन नदिन निगरानी राख्नुपर्ने बताउनु भयो ।


सहभागीहरुले मानव बेचबिखन तथा ओसार पसार घटनाहरु राजापुरक्षेत्रमा नदेखीएको भएतापनि नेपाली महिलाहरु भारत लगायतका देशमा पुगी विवाह हुने र त्यहा यातना भोग्ने गरेकोहँुदा मानव बेचबिखन तथा ओसार पसारको स्वरुप मात्र परिवर्तन भएकोले यस्ता घटना हुन नदिन सचेतनाका कार्यक्रम र समन्यकारी बैठकहरु समय समयमा बस्नु पर्ने बताएका थिए ।


राजापुर नगरपालिकाको समन्वयमा प्लानईन्टरनेशनल नेपाल, बाके यूनेस्कोको सहयोगमा भएको बैठकमा सहजिकरण बाके यूनेस्को कार्यक्रम संयोजक ईश्वर विकले गर्नु भएको थियो ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!