Loading... आजः शनिबार , श्रावण १२, २०८१

मानव विकास वृद्धिमा ३० वर्षयताकै कमी आउन सक्ने यूएनडीपीको चेतावनी


शिक्षा, स्वास्थ्य र जीवनयापनको स्तरका आधारमा मापन गरिने मानव विकास ३० वर्षमा पहिलोपटक घट्न सक्ने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले प्रक्षेपण गरेको छ।’सन् २००७ देखि २००९ सम्मको विश्वव्यापी वित्तीय संकटसहित पछिल्लो ३० वर्षमा विश्वले धेरै संकटको सामना गरेको कान्तिपुर अनलाइनले लेखेको छ। हरेक संकटले मानव विकासलाई प्रभाव पारेको छ। तर हरेक वर्ष मानव विकास वृद्धि भइरहेको थियो,’ यूएनडीपीका प्रशासक अचिम स्टेनरलाई उद्धृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘शिक्षा, स्वास्थ्य र आय तीनै क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभावका कारण यसपटक अवस्था फरक हुन सक्छ।’

मानव विकासको आधारभूत क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभावको अनुभूति धेरै देशमा भइरहेको विज्ञप्तिमा उल्लेख छ। अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले १ सय ७० देशको प्रतिव्यक्ति आय ऋणत्मक हुने भन्ने तथ्यांक पनि युनएनडीपिले उल्लेख गरेको छ। त्यस आधारमा यो वर्ष विश्वव्यापी प्रतिव्यक्ति आम्दानी ४ प्रतिशत घट्ने अनुमान युएनडीपिको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् १९८० यतापछि सबैभन्दा बढी विद्यार्थी शिक्षाबाट वञ्चित भएको यूएनडीपीको आँकलन छ। उसका अनुसार ६० प्रतिशत विद्यार्थी शिक्षाबाट वञ्चित छन्।

कोभिड–१९ को संयुक्त प्रभावले मानव विकासको तथ्यांकमा ठूलो प्रभाव पार्न सक्ने यूएनडीपीको विश्लेषण छ। कोभिड–१९ का कारण शिक्षामा मात्रै नभई रोजगारीको असुरक्षाले लैंगिक समानता कमजोर, महिलाहरुको आय तथा बचतमा कमी, लैंगिक हिंसा बढ्नेजस्ता समस्या आउन सक्ने यूएनडीपीले जनाएको छ। धनी देशको तुलनामा कोभिड–१९ को सामाजिक तथा आर्थिक प्रभाव समाधान गर्न नसक्ने विकासशील मुलुकमा मानव विकास तल झर्न सक्ने यूएनडीपीको प्रक्षेपण छ।

Insert your Ads code here

कोभिड–१९ का कारण विद्यालय बन्द रहेको र धेरै विद्यालयले अनलाइन सिकाइलाई अंगिकार गरेको अवस्थामा मानव विकासको अवस्था कमजोर रहेका मुलुकमा प्राथमिक शिक्षा लिइरहेका ८६ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेको यूएनडीपीको आँकलन छ। मानव विकास सूचकांकको अग्रणी अवस्थामा रहेका देशमा यो अवस्था २० प्रतिशत मात्रै छ। इन्टरनेटको सर्वसुलभताले यो खाडल कम गर्न सकिने यूएनडीपीको विश्लेषण छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!