Loading... आजः शनिबार , श्रावण १२, २०८१

मार्क्सवादी कम्युनिष्ट पार्टी भातृसंगठनहरूले दियो सहीद रेखा तामाङ श्रद्धाञ्जलि


 

मिरिक, 9 सितम्बर। भारतको मार्क्सवादी कम्युनिष्ट पार्टी (माकपा) को भातृ संगठनहरू एसएफआई अनि डीवाईएफआईको संयुक्त आयोजनामा आज मिरिक महकुमाको थर्बु नन्दलाल गाउँ सार्वजनिक भवनमा एउटा कार्यक्रम गर्यो।
एसएफआई जिल्ला अध्यक्ष सागर शर्मा अनि डीवाईएफआई जिल्ला अध्यक्ष सचिन खातीले १९९० सालमा छात्र युवा नेता लप्चु पेशोक निवासी रेखा तामाङ दार्जिलिङ चोक बजारमा भएको डीवाइएफआईको जनसभामा सहभागी भएर घर फर्किन्दै गर्दा उनको बलत्कारपछि निर्मम हत्या भएको थियो।यसैले उनलाई हामी शहीद मानेर प्रत्येक बर्ष ९ सेप्टेम्बरमा कार्यक्रम आयोजना श्रद्धाञ्जली अर्पण गर्ने गर्छौ ।यही क्रममा आज श्रद्धाञ्जली अर्पण गर्न मिरिकमा यो कार्यक्रम गरिएको हो भने। डीवाईएफआई जिल्ला सदस्य किस्मत तामाङको संचालन अनि सुवर्ण राईको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवीहरू डीपी राई,सीबी राई,तिलक प्रकाश राई ,रमेस गुरूङ ,मनोज गुरूङ,सुरज राई आदि अतिथि थिए। रेखा तामाङको फोटोमा दीप ,फूलद्वरा श्रद्धाञ्जली अर्पण गरेपछि शुरू भएको कार्यक्रममा रेखा तामाङको चीर शान्तिको कामना गर्दै दुई मिनट मौन पनि पालन गरियो।यस अवसरमा पहाडको शैक्षिक विकासको लागि रेखा तामाङले दिएको योगदानबारे विस्तृत जानकारी गराँउदै एसएफआई जिल्ला अध्यक्ष सागर शर्माले १९९० सालमा रेखा तामाङको निर्मम हत्या गरिए पनि यहाँको शैक्षिक विकासमा रेखा तामाङले उठान गरेको आवाजलाई कसैले दबाँउन सकेको छैन। आज पनि यहाँको शैक्षिक विकासमा एसएफआईले सक्रिय कार्य गरिरहेको छ भने।तिनले लक डाउनको अवधिमा निजी स्कूलहरू बन्दको अवस्थामा रहेको छ। यो आवस्थामा निजी स्कूलहरूले मासिक फिस माफी गरिदिनु पर्छ भन्ने एसएफआईको माग रहेको छ भने।तिनले एसएफआईले वर्तमानमा गरिरहेको कार्यहरूबारे पनि विस्तृत जानकारी गराए। कार्यक्रममा डीवाईएफआई जिल्ला अध्यक्ष सचिन खातीले पनि रेखा तामाङको योगदानबारे विस्तृत जानकारी गराँउदै डीवाईएफआईले हाल गरिरहेको कार्यहरूबारे बताए। तिनले भारत सरकारले देशको शैक्षिक विकासमा भनेजस्तो कार्य नगरेको गुनासो गर्दै अब्यावस्थित सरकारको कारण देशमा बेरोजारी संख्या बड्न साथै मेधावी विध्यार्थीहरूले भनेजस्तो रोजगारको अवसर पाउन सकेको छैन।सरकारले बेरोजगारहरूलाई रोजगार प्रदान गर्न अनि अशिक्षितहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सत्तापक्षले ठोष योजना बनाएर कार्य गर्न आवश्यक रहेको बताए।तिनले पनि निजी स्कूलहरूले लक डाउन अवधिको मासिक शुल्कमा छुट दिनु पर्ने कुरोमा जोर दिए। डीवाईएफआई जिल्ला सदस्य किस्मत तामाङले डीवाईएफआईले मिरिकमा सक्रिय कार्य गरिरहेको जानकारी गराँउदै पहिलो चोटी मिरिकमा अग्नि शमन केन्द्र,मिरिकमा कलेज निर्माण हुनपर्छ भन्ने माग डीवाईएफआईले नै गरेको थियो भने।तिनले आज पनि डीवाईएफलाईले विध्यार्थी,खटीखाने श्रमिक,बेरोजगार युवक युवतीहरूको हितको लागि सक्रिय कार्य गरिरहेको जानकारी गराए। कार्यक्रममा क्षेत्रका माध्यमिक अनि आइसीएसई परिक्षामा उच्च अङ्क लिएर परीक्षा उतीर्ण गर्ने विध्यार्थीहरूलाई स्मृति चिन्ह अनि सम्बर्दना पनि जनायो। (मुस्कान खेसाङ राई)

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!