महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा गर्न लागेको कार्यक्रम स्थगित भएको छ।
कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर दिवसका अवसरमा गर्न लागिएका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको मन्त्रालयकी शाखा अधिकृत वष्टिका गिरीले बताउनुभयो।
महिला दिवस मार्च ८ का दिन मनाइन्छ । दिवसका अवसरमा हरेक वर्ष कार्यक्रम गर्दै आएको मन्त्रालयले यस वर्ष पनि र्यालीसहितको साझा अभियान कार्यक्रम आयोजना गर्ने घोषणा गरेको थियो ।
Insert your Ads code here
कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले भेला, जमघटलगायतका कार्यक्रम नगर्न आग्रह गरेको अनलाइन खबरले जनाएको छ । सरकारको यस्तो आग्रहपछि दल तथा संघ–संघ संस्थाहरूले धमाधम आफ्ना घोषित कार्यक्रम स्थगित गरेका छन्। सत्तारूढ नेकपाले मंगलबार र बुधबार झापामा तय गरेको २ कार्यक्रम स्थगित गरेको छ ।