Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

माहामारीको समय ह्याथवेले निकाल्यो महिला कर्मचारी, रूवाबासी हुँदै सुनाए व्यथा


गान्तोक,11 जुलाई। विश्व महामारी कोविड 19 ले स्थिति डावाडोल बनेको बेलामा ह्याथवेले बील कलेक्टर महिला कर्मचारीहरूलाई कामबाट निकालेपछि कर्मचारीहरूमा रूवाबासी मच्चिएको छ। आर्थिक स्थिति डवाडोल बनेकोबेला 7 जना महिला कर्मचारीलाई कामबाट निष्कासित गरेपछि उनीहरू विकल्पहीन बनेका छन्।

2016 सालदेखि ह्याथवेमा काम गर्दै आएका महिला कर्मचारीहरूले आज पत्रकार सम्मेलन गरेर आफ्नो गुनासो राख्दै कम्पनीले काममा बहाल गर्नुपर्ने माग राखे। यदी कर्मचारीहरूलाई कामबाट निष्कासित स्थाई रूपमा गरिने भएमा 5-5 लाख रूपियाँ क्षतिपूर्ति दिएर गरिखाने माध्यम जुटाइदिनुपर्ने माग गरे। आफ्नो गुनासो राख्न आएका महिला कर्मचारीहरूको मन पग्लिएर पिडा आँशुको रूपमा छताछुल्ल भएको थियो। कम्पनीले गरेको कार्यप्रति उनिहरू आक्रोषित भन्दा पनि धेरै दुःखी अनि पिडीत बनेको स्पष्ट झल्किन्थ्यो। उनीहरूले आफ्नो परिवारको सहाराको रूपमा रहेको रोजगार हातबाट जाँदाको पिडा रोइरोइ पोखे। ह्याथवे कम्पनीमा अहिले 21 जना कर्मचारी रहेको अऩि कम्पनीले चरणबद्ध रूपमा निकाल्ने षडयन्त्र सुनिश्चित गरिसकेको बताए। मासिक दश हजार रूपियाँमा केही नहुने भए पनि महिला कर्मचारीहरूले आफ्नो अवस्थालाई हेरेर लगातार रूपमा कान गरिरहेको अऩि महामारीको लकडाउनको समय पनि बील उठाउने कम्पनीको टार्गेटलाई पुरा गर्ने हरसम्भव प्रयास गरेको बताए।

Insert your Ads code here

यसैगरि उनीहरूले आफूहरूलाई पछिल्लो साल पनि यस्तो प्राताडना दिएको अनि अहिले पनि राम्रो प्रदर्शन गर्न नसकेको भन्दै कामबाट निकाल्ने काम गरेको बताए। यसरी महामारीले सबै कुरा डावाडोल बनेको बेला आफूहरू कामहीन हुनुले परिवारमा आर्थिक सङ्कटको बज्रपात हुने बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!