Loading... आजः शनिबार , श्रावण १२, २०८१

माेदीलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पठायो ज्ञापनपत्र


अाज २०२० जनवरी २६ का दिन भारतको ७१ अाैं गणतन्त्र दिवसका अवसरमा सुगौली सन्धिपूर्वको नेपालको ६०००० वर्ग किलोमिटर जमिन फिर्ता माग्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले अपरान्ह २ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हुलाक मार्फत ज्ञापनपत्र पठाएको छ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पठाएको ज्ञापनपत्र :

श्री नरेन्द्र दामोदरदास मोदी
प्रधानमन्त्री , गणतन्त्र भारत नयाँ दिल्ली , भारत ।

Insert your Ads code here

२६ जनवरी, २०२०

तपाईंको नेतृत्वको सरकारले नेपालको हक लाग्ने सिक्किम , दार्जिलिङ , सिलगढी , उत्तराखण्ड र सतलज नदीसम्मका जमिनमा भारतको गणतन्त्र दिवस मनाउने कुराको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले घोर भर्त्सना गर्दै अाएको छ । अाजका मितिमा यसलाई फेरि दोहोर्याउँछ । सन् 1१९४७ अगस्ट १५ देखि नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिन भारतको उपनिवेशमा रहँदै अाएको छ । बेलायतको उपनिवेशबाट मुक्त भए लगत्तै भारतले नेपालीतर भारतीय शासकहरूले बुझ्नुपर्ने कुरा के हो भने जसरी पाकिस्तानअधिकृत काश्मीरलाई अाफ्नो नक्सामा राख्तैमा त्यो जमिन भारतको हुँदैन , त्यसै गरी नेपाली भूभागमा गणतन्त्र समारोह मनाउँदैमा त्यो जमिन भारतीय मानिँदैन । यसरी सुगौली सन्धिअनुसार बेलायती साम्राज्यमा गाभिएर फिर्ता हुन बाँकी करिब ६०००० वर्ग किलोमिटर नेपाली जमिन सम्मानपूर्वक नेपाललाई फिर्ता गर्न ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा भारत सरकारलाई अाग्रह गर्दछ ।

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!