Loading... आजः शनिबार , श्रावण १२, २०८१

मुकेश राईको ‘साथी तिमी मेरो’मा कंडेल र भण्डारीको सुन्दर अभिनय


काठमाडौं, प्रवासमा बसेर निरन्तर गीत रचनामा क्रियाशिल रहेका मुकेश राईको ‘साथी तिमी मेरो’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मुकेशकै ‘मनोकांक्षा भाग २’ गीति एल्बममा समावेश गीतलाई चल्तीका गायक गायिका मेलिना राई र ताराप्रकाश लिम्बुले स्वर दिएका छन् । लन्डनका विभिन्न स्थानमा छायाकंन गरिएको गीतको भिडियोलाई प्रभु गुरुङले निर्देशन गरेका छन भने सुमन र अनुराग श्रेष्ठले क्यामरा चलाएका छन् ।

यही गीतमार्फत डेब्यु गरेकी मिसेस नेपाल यूके २०१८ सेकेण्ड रनरअप सविना श्रेष्ठ थापा, चर्चित संचारकर्मी तथा कलाकार संजयभक्त कंडेल र नव कलाकार तथा संचारकर्मी रीना भण्डारीले भिडियोमा सुन्दर अभिनय गरेका छन् । बेलायतमै बसोबास गरिरहेका कलाकारहरुले गीतमार्फत मित्रता, प्रेम र रोमान्सको कथालाई गज्जबले उजागर गरेका हुन् ।

पुप्रण प्रडक्सन युकेको युट्यूब च्यानलमार्फत सार्वजनिक भएको भिडियोलाई सुशील गुरुङले सम्पादन गरेका छन भने कोरियोग्राफी निर्देशक स्वयमले गरेका छन् ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!