Loading... आजः शुक्रबार , असार ६, २०८२

मुक्त कमैया परिवारहरुको लागि सुरक्षित घर हस्तान्तरण कार्यक्रम


बर्दिया राजापुर
राजापुर नगरपालिकामा सुक्रबार मुक्त कमैया परिवारहरुको लागि एक कार्यक्रमको बिच सुरक्षित घर हस्तान्तरण कार्यक्रम गरीएको छ ।

 


यूनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुको सभापत्विमा भएको घर हस्तान्तरण कार्यक्रम प्रमुख अतिथी राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारु बिशिष्ट अतिथी राजापुर नगरपालिका उप प्रमुख मनकला कुमारी चौधरी रहनु भएको थियो ।

Insert your Ads code here


राजापुर नगरपालिकाको साझेदारीमा ह्याविटयाट नेपाल युनिक नेपालद्धारा राजापुर नगरपालिकाको वडा नं ४ मुक्त कमैया टोलमा १५ वटा, सुकुम्बासी टोलमा ११ वटा, वडा नं ५को चमकपुरमा १० वटा घर, र वडा ८को फुलवारी टोलमा १३ वटा गरी ४९ वटा घरको साँचो र प्रमाणपत्र हस्तान्तरण गरीएको छ ।


२३ वटा घरको लागि प्रतिघर राजापुर नगरपालिकाको रु ३ लाख ५०, ह्याविटयाट नेपाल युनिक नेपालबाट २ लाख र २६ वटा घरको लागि प्रतिघर राजापुर नगरपालिकाको रु ३ लाख, ह्याविटयाट नेपाल युनिक नेपाल बाट रु २ लाख ५० हजारका दरले प्रतिघर रु ५लाख ५० हजार र आवश्यक्ता हेरी करीब ९० हजार भन्दा बढी श्रमदान गरीएको भवन निर्माण गरी हस्तान्तरण गरीएको यूनिक नेपालका कार्यक्रम संयोजक सोम डेमनडौराले जानकारी दिनु भएको छ ।


कार्यक्रममा राजापुर नगरपालिका वडा नं ४का वडाअध्यक्ष बिदुर पोखरेल, वडा नं ५का वडाअध्यक्ष रमेश चौधरी दहित, वडा नं ८का वडाअध्यक्ष राजेश थारु ह्याविटयाट नेपाल कार्यक्रम संयोजक राममनी चौधरीलगायतकाले शुभ कामना मन्तव्य राखेका थिए ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!